Comments Add Comment

बागमती मुआब्जा विवाद : संसदीय समितिको संयुक्त बैठकमा सांसदकै विरोध

Photo Credit : संसदको कृषि तथा प्राकृतिक स्रोत समिति र विकास तथा प्रविधि समितिको संयुक्त बैठक

८ असार, काठमाडौं । बागमती नदीभित्र मुआब्जा विवादबारे छलफल गर्न बोलाइएको संसदीय समितिको संयुक्त बैठकप्रति सांसदहरूले आपत्ति जनाएका छन् ।

बागमती नदीको १८८ रोपनी जग्गामा मुआब्जा विवादमा छलफल गर्न आइतबार संसदको कृषि तथा प्राकृतिक स्रोत समिति र विकास तथा प्रविधि समितिको संयुक्त बैठक बोलाइएको छ ।

कृषि समितिले अवलोकन गरेर प्रतिवेदन बुझाएपछि मात्रै आफूहरुले थाहा पाएको भन्दै विकास समितिका सदस्य सांसदहरूले आपत्ति जनाएका छन् ।

आफ्नो समितिमा छलफल नै नभई संयुक्त बैठक डाकिएको भन्दै सांसद् राजेन्द्र राईले बैठक स्थगित गर्न माग गरे । विकास समितिमा पर्याप्त छलफलपछि मात्रै संयुक्त बैठक राख्नु पर्ने उनले बताए । आफ्नो समितिमा छलफल नभएको भन्दै रुष्ट बनेका राई मन्त्री नबोल्दै बैठकस्थलबाट बाहिरिएका छन् ।

विकास समितिकै अर्की सांसद विन्दु शर्माले आफूहरुले यस विषयमा बुझ्नै नपाएको भन्दै हतारमा निर्णय गर्न नहुने बताइन् । उनले विकास समितिले स्थलगत अवलोकन गर्नुपर्ने माग गरिन् ।

शर्माले भनिन्, ‘यो विषय विकास समितिको क्षेत्रमा पर्ने थियो भने हामीलाई किन खबर गरिएन ? हामीले बैठकमा बसेपछि मात्रै जानकारी पायौं, अनुगमन संयुक्त गरेको भए हुने थियो, भएन । अब विकास समितिले अवलोकन गर्न पाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment