Comments Add Comment

२५ डलरको कम्प्युटरबाट नासामाथि साइबर हमला, २३ वटा फाइलबाट डाटा चोरियो

अमेरिकी अन्तरीक्ष संस्था नासामाथि साइबर हमला भएको छ । नासाको जेट प्रपल्सन ल्याबोरेटरी (जेपिएल) को प्रणालीमा डाटा चोरीको घटना सार्वजनिक भएको हो ।

त्यसक्रममा ५ सय मेगाबाइट डाटा चोरी भएको पनि खुलासा भएको छ । विभिन्न २३ वटा फाइलहरुबाट ती डाटाहरु चोरी गरिएको हो ।

नासामाथिको उक्त साइबर आक्रमण कसले गरेको हो भन्ने पहिचान हुन सकेको छैन ।

पछिल्लो समय नासामाथि यस्तो खालका साइबर हमलाहरु हुने क्रम बढेको छ । गत वर्ष भएको साइबर आक्रमणका क्रममा नासाका कतिपय संवेदनशील डाटा लिक भएका थिए ।

रोचक त के भने नासामाथिको पछिल्लो साइबर आक्रमणमा Raspberry Pi कम्प्युटिङ्ग सिस्टमको प्रयोग गरिएको थियो । उक्त सिस्टमको मूल्य २५ देखि ३० डलरसम्म पर्दछ । Raspberry Pi कम्प्युटरको आकार एउटा क्रेडिट कार्ड जत्रै हुन्छ ।

समाचार अनुसार पछिल्लो पटकको साइबर हमलाबाट ह्याकरहरुले नाशाका केही महत्वपूर्ण मिसनसँग सम्बन्धित डाटा चोर्न सफल भएका छन् । त्यसमा क्योरोसिटी रोबर, मंगल ग्रहमा चल्ने कारजस्तै खालको साधनसँग सम्बन्धित डाटाहरु समेत रहेका छन् ।

साथै ह्याकरहरुले जेपिएल नेटवर्कमा समेत हमला गरी नासको डिप स्पेस नेटवर्कका डाटा समेत हात पार्न सफल भएका छन् । अन्तरीक्षमा सञ्चारका लागि एन्टेनाको सञ्चालन गर्न डिप स्पेस नेटवर्कको प्रयोग गरिन्छ ।

पछिल्लो साइबर हमलाका बारेमा पत्ता लाग्ने बित्तिकै जोन्सन स्पेस सेन्टरको सेक्योरिटी टोलीले तत्कालै प्रभावित नेटवर्कसँग सम्बन्धित प्रणालीलाई अलग गरिदिएको छ । साथै नासाले साइबर सुरक्षामा कडाई गर्नुका साथै ह्याकरहरुका बारेमा अनुसन्धान सुरु गरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment