+
+
Shares

सैनामैना दुर्घटनाका मृतकको सनाखत, दुबैजना मजदुर

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ८ गते १४:१९

८ असार, बुटवल । रुपन्देहीको सैनामैनामा शनिबार राति भएको सवारी दुर्घटनामा मृत्यु हुने दुईजनाको सनाखत भएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा दाङ लमही वडा नं ३ का काशी चौधरी र मानवबहादुर चौधरी रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भिमलाल भट्टराईले जानकारी दिए । उनीहरुको उमेर २५ देखि ३० वर्ष बीचको रहेको अनुमान छ ।

दाङ लमहीका मजदुरहरु राति काममा जान लागेका बेलामा दुर्घटना भएको हुन सक्ने डीएसपी भट्टराईले बताए ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सैनामैना नगरपालिका-६ रामापुर कलौनीमा महेन्द्रनगरबाट काठमाडौं जांदै गरेको ना७ख ५९४८ नम्बरको बसले लु८प ८४७५ नंंम्बरको मोटरसाइकललाई ठक्कर दिंदा उनीहरुको मृत्यु भएको थियो ।

दुर्घटनापछि मोटरसाइकलमा आगो लागेर दुबैजनाको शरीर जलेको थियो । बस र चालकलाई इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?