+
+

सर्वोच्चमा लोकसेवा विज्ञापनविरुद्धको सुनुवाई सकिएन, अब बुधबार हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ८ गते १७:२४

८ असार, काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापनको विरुद्धमा सर्वोच्च अदालतमा परेको रीटमाथिको सुनुवाई बुधबारका लागि सरेको छ ।

आइतबार दिनभर बहस भए पनि रीट निवेदककै तर्फको बहस नसकिएकाले बुधबारका लागि सारिएको हो । आइतबार रीट निवेदकका तर्फकै बहस पनि सकिएको छैन ।

लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा गरेको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा ४ वटा रीट परेको छ । आइतबार सबै रीटलाई एकै ठाउँमा राखेर न्यायाधीशहरु हरिकृष्ण कार्की र डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई भइरहेको छ ।

उक्त रीटमाथि सरकारी वकिलको बहस र लोकसेवा आयोगको तर्फबाट जवाफ बाँकी नै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?