Comments Add Comment

हुवावेको उत्पादनमा शतप्रतिशत पैसा फिर्ताको ग्यारेन्टी

८ असार, काठमाडौं । नेपालका लागि हुवावे स्मार्टफोनको वितरकले हुवावेका स्मार्टफोन र ट्याब्लेटहरूमा गुगल एपहरू तथा फेसबुक चल्न नसक्ने भन्ने चिन्ताहरूका माझ यदि ती एपहरू आˆनो फोन वा ट्याब्लेटमा नचलेमा ग्राहकहरूलाई पूरै पैसा फिर्ता गरिने ग्यारेन्टी दिलाएको छ ।

यो प्रत्याभूतिले हुवावे स्मार्टफोनका प्रयोगकर्ताहरूले विभिन्न गुगल एपहरू जस्तै जिमेल, गुगल प्ले, गुगल म्यापहरू, यूट्युब, क्रोम र नन-गुगल एपहरू फेसबुक, ट्वीटर, भाइबर, इन्स्टाग्राम र अन्य धेरै एपहरू चलाउन सक्ने विषयलाई स्पष्ट पारेको छ ।

यसले हुवावेका उत्पादनहरूमा एन्ड्रोइड अपरेटिङ सिस्टमको निर्माता गुगल हट्ने भन्ने चिन्ता व्यक्त भइरहँदा त्यस्तो नहुने भन्ने आफ्ना ग्राहकहरूलाई प्रत्याभूति गराएको छ । हुवावे विश्वमै टेलिकम्युनिकेशन उपकरणहरू उत्पादन गर्ने सबैभन्दा ठूलो उत्पादक हो र सामसङपछिको विश्वकै सबैभन्दा दोस्रो ठूलो स्मार्टफोन उत्पादक हो ।

हृवावेका स्मार्टफोनहरू बलियो, टिकाउ र गुणस्तरीय हुने भएकाले कम्पनीले आˆना ग्राहकहरूलाई सबैभन्दा उत्कृष्ट आफ्टर-सेल्स अर्थात् बिक्रीपश्चात् सेवाहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

हुवावेले यसको अद्वितीय प्रविधि र अद्भूत विशेषताहरूका कारण केही वर्षयता नेपाली बजारमा लोकप्रियता हासिल गरेको छ ।

यो सेवा हुवावेका आधिकारिक च्यानल पार्टनहरूमार्फत् बिक्रीहुने हुवावे स्मार्टफोनहरू र ट्याब्लेटहरूमा लागू हुनेछ ।

आईडीसी, एसए, क्यानलिस र काउन्टर पोइन्टले जारी गरेको सन् २०१८ को विश्वव्यापी त्रैमासिक बजार अनुगमन प्रतिवेदनमा हुवावे विश्व स्मार्टफोन बजारमा दोस्रो स्थान हासिल गर्न सफल रह्यो ।

निरन्तर रूपमा उत्कृष्ट गुणस्तर, उत्कृष्ट प्रविधि र डिजाइनहरूको स्मार्टफोनहरू सार्वजनिक गरिरहेको हुवावेले संसारभरका ग्राहकहरूबाट बढ्दो लोकपि्रयता र सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको कम्पनी बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment