+
+

विराट कोहली कारबाहीमा परे

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ८ गते १७:५०

८ असार, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले भारतीय टोलीका कप्तान विराट कोहलीलाई कारबाही गरेको छ ।

विश्वकप क्रिकेटमा अफगानिस्तान बिरुद्धको खेलको दौरानमा कप्तान विराटले एम्पायरलाई अभद्र ब्यवहार गरेको भन्दै आईसीसीले कारबाही स्वरुप म्याच फिको २५ प्रतिशत जरिवाना गरेको हो ।

२९ औं ओभरमा जबरजस्ती एलबीडब्लुको अपिल गरेको र एम्पायरलाई औला ठड्याएको भन्दै उनी माथि आईसीसीले जरिवाना गरेको हो ।

अनुशासन भंग गरेसँगै कोहलीले एक नम्बर डिमेरिट अंकसमेत पाएका छन् । भारतीय कप्तान विराट कोहलीले आफूले गल्ती गरेको स्वीकार गरिसकेको आईसीसीले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?