+

अफगानिस्तानसँग डराएका थिए विराट

२०७६ असार  ८ गते १७:५६ २०७६ असार ८ गते १७:५६
अफगानिस्तानसँग डराएका थिए विराट

८ असार, काठमाडौं । विश्वकप क्रिकेटमा शनिबार भारत र अफगानिस्तानबीच रोमाञ्चक खेल भयो । भारतले भने ११ रनले जित हात पार्दै आफ्नो अपराजित यात्रालाई कायमै राख्न सफल भयो ।

खेल हुनुपूर्व सहजै अनुमान लगाउन सक्थ्यो कि बलियो भारतले कमजोर देखिएको अफगानिस्तानलाई सहजै हराउने छ । यो कुरामा भारतीय दर्शक र समर्थक पनि ढुक्क थिए । हुन पनि दक्षिण अफ्रिका, विश्वविजेता अष्ट्रेलिया, पाकिस्तान जस्ता बलियो राष्ट्रलाई भारतले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको थियो ।

भारतले पहिले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्‍यो । धेरैको अनुमान थियो कि भारतले करिब ३५० भन्दा बढी रन बनाउनेछ । तर कप्तान विराट कोहलीले ६७ र केदार जाधवले ५२ रन बनाए पनि अन्य खेलाडी सस्तैमा समेटिदा भारतले २२४ रन मात्रै बनाउन सक्यो ।

भारतीय कप्तान विराटले टिमको योजना अनुसार ब्याट्सम्यानले खेल्न नसकेको प्रतिक्रिया दिए ।

जवाफी ब्याटिङ थालेको अफगानिस्तानले उत्कृष्ट प्रदर्शन गर्दै जित नजिक पुग्यो । यो बेलामा भने भारतीय टिमका कप्तान विराट कोहलीलाई डरले सताउन थालेको थियो । कतै हार्ने त होइन ? किनकी परिस्थिति त्यस्तै थियो ।

कप्तान विराटले स्वीकारेका छन् कि खेलको दौरानमा एक समय त्यस्तो आएको थियो कि उनलाई हारको डरले सताउन थालेको थियो ।

उनले भनेका छन्, ‘बीचको ओभरमा अफगानिस्तानले हामीमाथि दबाब बढायो । अफगानिस्तान जस्तो टिममा प्रतिभावान खेलाडीले भरिएका छन् । जब टिमले योजना अनुसार खेल्न सक्दैन त दबाब बनाइ हाल्छ ।’

तर अन्तिम ओभरमा मोहम्मद सामीको असाधारण प्रदर्शनको मद्दतमा भारतले अफगानिस्तानलाई ११ रनले पराजित ग¥यो र कप्तान विराटको हारको डर पनि हरायो । जारी विश्वकपमा ह्याट्रिक विकेट लिने सामी पहिलो खेलाडी बने ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय