Comments Add Comment

नेपालमा पनि मनाइयो ओलम्पिक दिवस

८ असार, काठमाडौं । हरेक वर्ष २३ जुनका दिन विश्वका विभिन्न २०७ देशमा ओलम्पिक दिवस मनाइन्छ ।

ओलम्पिक दिवसको अवसरमा नेपाल ओलम्पिक कमिटीले पनि १५ जुनदेखि २३ जुनसम्म ९ दिनसम्म विभिन्न कार्यक्रम राखेको छ । ओलम्पिक दिवसको अवसरमा नेपालमा ११६ वटा खेलकुद कार्यक्रम भएको छ । जसमा २० हजारभन्दा बढी खेलाडीको सहभागिता भएको नेपाल ओलम्पिक कमिटीको दाबी छ ।

१५ जुनका दिन सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको भवनबाट साइक्लिङ गरी ओलम्पिक दिवसको औपचारिक उद्घाटन गरिएको थियो । त्यसपछि २३ जुनसम्म नै विभिन्न संघ÷संस्थाहरुले ओलम्पिक दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाएका थिए ।

ह्यान्डबल, भलिबल, स्क्वास, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, एथलेटिक्स, जुडो, कबड्डी, साम्बो, पेन्टाथलन, ट्राइथलन, पौडी, टेनिस, फुटबल, तेक्वान्दो, भारत्तोलन, बक्सिङ, फेन्सिङ, बेसबल एन्ड सफ्ट बल लगायतका संघले प्रतियोगिता र कार्यक्रम राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment