+
+
Shares

‘निजगढ विमानस्थल अन्तर्राष्ट्रिय स्तरको ट्रान्जिट बन्न सक्छ’

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ८ गते १९:५०

८ असार, वीरगञ्ज । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो बन्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

आइतबार वीरगञ्जमा आयोजित अन्तर्क्रियामा सरोकारवालाले विमानस्थल निर्माणको मोडल र लगानी कसरी जुटाउने विषयमा सरकार छिटो टुंगोमा पुग्नुपर्ने धारणा राखे ।

वीरगञ्ज महानगरपालिकाको नगर प्रमुख विजयकुमार सरावगीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उडानको चाप धान्न घटाउन पनि निजगढमा विमानस्थल बनाउनुको विकल्प नभएको बताए ।

‘अहिले नै काठमाडौंको विमानस्थलमा हवाई जाम हुन थालेको छ’ उनले भने ‘निजगढ अन्र्तराष्ट्रिय विमान स्थल निर्माण गर्नुको विकल्प छैन ।’ विमानस्थल निर्माण गर्दा रुख कम काटिने विकल्प रोज्नुपर्ने पनि उनले बताए ।

नेपाली कांग्रेसका नेता अनिल रुंगटाले हवाई मार्गको सुरक्षाका लागि पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको बताए । ‘हामी युरोपियन मुलुकमा जाँदा कतारको विमानस्थल भएर यात्रा गर्छौ, कतिपय देशमा जान भारतीय विमानस्थल प्रयोग गर्नुपर्ने हुन्छ’ उनले भने ‘त्यसैगरी निजगढलाई अन्तर्राष्ट्रिय स्तरको ट्रान्जिट प्वाइन्ट बनाउन सकिन्छ ।’

होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले वीरगञ्जलाई पर्यटकीय गन्तव्य बनाउन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ओम शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अहिलेसम्म भएको प्रगतिका बारेमा जानकारी गराए । उनले आफूले तयार पारेको बैकल्पिक प्रस्तावको बारेमा पनि संक्षिप्त जानकारी गराए ।

जितपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख कृष्ण पौडेलले विमानस्थलको काम शुरु भई निर्माणले गति लेओस भन्ने चाहना आफ्नो रहेको बताए ‘१ हजार ४ सय ७६ घरधुरी टाँगिया बस्तीको उचित व्यवस्थापन हुनुपर्छ, त्यसपछि पहिलो चरणको काम अघि बढाउन सकिने कुरा आएको छ’ उनले भने ‘ अनावश्यक विवादमा तान्ने भन्दा पनि काम कसरी गराउने र छिटो सम्पन्न गराउने भन्नेमा सबैको ध्यान जानुपर्छ ।’

पर्यटन व्यवसायी युवराज लामाले निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थल पूर्वी जापानदेखि अमेरिकासम्मको हवाई मार्गको ट्रान्जिट बन्न सक्ने र यसले पर्यटनमा ठूलो टेवा पुग्ने बताए ।

‘त्रिभुवन विमानस्थलमा अहिले तीन घण्टासम्म एयर ट्राफिक जाम हुन्छ, राष्ट्रिय आवश्यकता त छँदैछ, ठूलो प्लेन ल्यान्डिङ गर्न सक्ने विमानस्थल बनेपछि अन्तर्राष्ट्रिय जगतको ट्रान्जिट प्वाइन्ट बन्न सक्छ’ उनले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?