Comments Add Comment

विश्वकप २०१९ का ३ रोमाञ्चक खेल

८ असार, काठमाडौं । जारी विश्वकप क्रिकेटमा केही यस्ता खेल भए जसमा कुनै टीमले हारनजिक पुगेर पनि जिते भने कुनै टीमले जित्ने सम्भावना हुँदाहुँदै खेल गुमाउन पुगे ।

यस्ता रोमाञ्चक केही खेलमा इंगल्याण्डविरुद्ध श्रीलंकाको जित, वेष्ट इन्डिजविरुद्ध न्युजिल्यान्डको जित आदि रहेका छन् ।

शतकको खुशियाली मनाउन नपाउँदै आशु

शनिबार राति भएको न्युजिल्यान्ड र वेष्ट इन्डिजबीचको खेल क्रिकेटप्रेमीका लागि रोमाञ्चक थियो । न्युजिल्यान्डका मार्टिन गुप्टिल र कोलिन मुनरोलाई वेष्ट इन्डिजका शेल्डन कट्रेलले शुन्य रनमा आउट गराए । तर तेस्रो र चौथो नम्बरमा आएका ब्याट्सम्यान कप्तान केन विलियम्सन र रोस टायलरले १६० रनको साझेदारी गरे ।

वेष्ट इन्डिजको सुरुवात राम्रो नभए पनि क्रिस गेल र शिमरन हिटम्यारले १२२ रनको साझेदारी गरे । गेल ८७ रनमा आउट हुदा शिमरन ५४ रनमा आउट भए ।

छैटौं स्थानमा ब्याटिङ गर्न आए कार्लोस ब्राथवाइट । ३० वर्षीय कार्लोसले अहिलेसम्म एकदिवसीय क्रिकेट खेलमा शतक बनाएका थिएनन् । यो खेलमा उनले ८० बलमा शतक बनाए । उनले शतक मात्रै बनाएनन् वेष्ट इन्डिजलाई जिततर्फ उन्मुख गराए ।

अन्तिम समयमा वेष्ट इन्डिजलाई १२ बलमा ८ रन आवश्यक थियो । क्रिजमा थिए शतक बनाएका कार्लोस । उनले ४८.४ ओभरमा दुई रन जोड्दै शतक बनाएका थिए । अब वेष्ट इन्डिजलाई जितको लागि मात्र ६ रन आवश्यक थियो । ४८.६ ओभरमा उनी आउट भए । वेष्ट इन्डिज जितनजिक पुगेर पनि हार व्यहोर्न बाध्य भयो ।

सामीको ह्याट्रिकले जोगियो भारत !

शनिबार भएको विश्वकपकै अर्को खेल पनि यस्तै रोमाञ्चक रह्यो । जहाँ धेरै भारतीय खेलाडी, पदाधिकारी र दर्शकको सातो नै गयो ।

धेरैले सोचेका थिएनन् होला अफगानिस्तानले त्यस्तो स्तरको प्रदर्शन गर्छ । टस जितेर पहिले ब्याटिङ रोजेको भारतलाई २२४ रनमा रोक्न सफल भयो । भारतका कप्तान विराट कोहलीले ६७ र केदार जाधवले ५२ रन बनाउनबाहेक अन्य खेलाडी सस्तैमा समेटिए ।

भारतीय ब्याट्म्यानविरुद्ध अफगानिस्तानका बलरको प्रदर्शन देखेर सकै चचिक बने ।

खेलको कुनै समय अफगानिस्तानले भारतमाथि जति निकाल्ने हो कि भन्ने अनुमानसमेत भएको थियो । भारतीय कप्तान विराट कोहलीसमेत डराइसकेका थिए । अन्तिम ओभर बलिङ गर्न आए मोहम्मद सामी ।

उनले पहिलो बलमै चौका खाएपछि भारतीय टीममा झनै दबाब बढ्यो । कारण क्रिजमा थिए मोहम्मद नावी । ५२ रन बनाएर खेलिरहेका उनी अन्तिम ओभरको तेस्रो बलमा आउट भए । त्यसपछि माहोल एकाएक परिर्वतन भयो । लगातार तीन विकेट लिदै सामीले ह्याट्रिक विकेट लिए भने भारतलाई ११ रनको जित दिलाए ।

मालिंगाले जिताए

जारी विश्वकपमा कमजोर मानिएको देशमध्ये श्रीलंका पनि हो । तर इंग्ल्यान्डविरुद्धको खेलमा भने श्रीलंकाले सनसनीपूर्ण जित निकाल्यो । यसमा नायक बने मालिंगा ।

तीन रन जोड्दा दुई विकेट गुमाएको श्रीलंकाले बलियो इंग्ल्यान्डविरुद्ध २३३ रनको लक्ष्य दियो । यो लक्ष्य इंग्ल्यान्डको लागि सामान्य थियो । सहजै भेट्ने अपेक्षा सबैको थियो ।

पहिलो पारी सकिदासम्म इंग्ल्यान्ड ढुक्क थियो श्रीलंका चिन्तित । तर लासिथ मालिंगाले जोनी बैरस्टोवलाई शुन्य रनमा आउट गराए । हार नजिक पुगेको श्रीलंकाको मुख्य भूमिका मालिंगाले खेले भने अन्तिमतिरका ब्याट्सम्यानलाई अरु बलरले आउट गर्दै आश्चार्यचकित जित हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment