Comments Add Comment

भोलिबाट ‘दराज मोबाइल विक’, कार्ड पेमेन्टमा २५ प्रतिशतसम्म छुट

केमा कति छुट ?

८ जेठ, काठमाडौं ।  दराज मोबाइल विक अभियान यही असार ९ देखि १५ सम्म हुने भएको छ । उक्त अभियान भरी उपभोक्ताहरुले नयाँ फोनहरुको लन्च देखी लिएर भौचारस्,फ्ल्याश सेल्स, र अन्य डिस्काउन्ट्स को मज्जा लुट्न पाउनेछन् ।

साथै उपभोक्ताहरुले मोबाईल विकमा सपिङ गरे बापत आइ फोन (iPhone XR) जित्ने मौका पनि पाउनेछन् । उपभोक्ताहरुले शेक शेक गेम तथा क्रेजि, मेगा र कलेक्टिबल भाउचर्स प्रयोग गरी धेरै बचत गन सक्नेछन् ।

यो वर्षकै सबैभन्दा ठूलो इलेक्ट्रनिक्स् अभियान हुने कम्पनीले जनाएको छ ।

यस बारेमा दराज का प्रबन्ध निर्देशक जय कवी भन्छन्, “दराज मोबाइल विक दराज को लागि मोबाइल हरु सबै भन्दा राम्रो मूल्य मा लिएर आउने मौका हो । उपभोक्ता हरुको सपिङ्ग अनुभवलाई अझै रमाइलो बनाउन इलेक्ट्रोनिक्सहरु मा पनि भारि छुट को व्यवस्था गरेको छ। नयाँ फिचरहरु को साथ यो अहिले सम्म को सबै भन्दा राम्रो मोबाइल विक हुनेछ भनेर हामी उत्साहित छों।”

यसको साथसाथै दाराजले ६ बैंकहरुसँग मिली कार्ड पेमेन्टमा पनि भारी छुटको व्यवस्था गरेको छ।

अफरमा सिद्धार्थ बैंक, एनआइसी एशिया, नबिल, सानिमा, स्ट्यान्डर्ड चार्टड, बैंक अफ काडमाण्डूका कार्ड पेमेन्टमा ५ देखि २५ प्रतिशतसम्म छुट पाउन सकिने छ।

बैंकहरुको कार्ड भएका तर अनलाईन पेमेन्ट सेवा सुचारू नभएका ग्राहकले आफ्नो बैंकसँग सम्पर्क गरी सेवा सुचारु गर्नसक्ने छन्।

यसरी भुक्तनी गर्दा कार्डको जानकारी सत प्रतिशत सुरक्षित रहने बताउँदै दराजका प्रबन्ध निर्देशक जय कवीले ढुक्क भएर कार्ड प्रयोग गर्न आग्रह गरे।

केमा कति छुट ? 

  • Remax मा  २१% सम्म को छुट
  • Fitbit  मा flat २०% छुट
  • Fantech मा ७३% सम्मको छुट
  • JBL मा २५% सम्मको छुट
  • WK designs मा २३% सम्मको छुट
  •  Vidvie मा ५०% सम्मको छुट
  •  Digicom मा २५% सम्म को छुट

Samsung 49″ Full HD Curved Smart TV रु ८९,८९० मा, Sony 32″ HD Smart LED TVs रु ३४,०५० मा , Wega 32” High Sound HD  रु १५,२९९,  Dell Latitude 3150 रु २८,०००  मा, र  Lenovo IP110 A9 लप्तोप रु ४२,०००  मा पाइने छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment