+
+
Shares

क्लिन फिडको विपक्षमा विदेशी च्यानलहरू बन्द

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ९ गते १८:००

२ असार, काठमाडौं । प्रस्तावित विज्ञापन ऐन २०७६ को व्यवस्थामाथि प्रश्न उठाउँदै टेलिभिजन सेवा प्रदायकहरुले क्लिन फिड लाग्ने विदेशी च्यानल बन्द गरेका छन् । सोमबार दिउँसो ३ बजेबाट क्लिन फिड लागू हुने विदेशी च्यानल सांकेतिक रुपमा बन्द गरिएको हो ।

विधेयकले विदेशी च्यानलहरुमा क्लिन फिड हुनुपर्ने प्रावधान गरेको भन्दै उनीहरुले यो व्यवस्था अब्यवहारिक भएको बताएका छन् ।

यो ब्यबस्था लागू गर्दा हुन आउने परिस्थितिबारे जानकारी गराउन इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले भोलि मंगलबार दिउँसो ३ बजेसम्म विज्ञापन प्रशारण हुने विदेशी च्यानलहरु बन्द गरेको हो ।

नेपालमा प्रसारित च्यानलहरुमध्ये ८५ प्रतिशत च्यानलहरु विदेशी रहेको नेपाल केबुल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए ।

इन्डियन ब्रोडकास्टर फोरमले नेपाललाई मात्रै क्लिन फिड दिन व्यवहारिक र व्यवसायिक रुपमा असमर्थ हुने उल्लेख गरेको अवस्थामा डिजिटाइजेसनको क्रममा रहेको डिजिटल टिभी व्यवसायको अर्बौं रुपैंयाको लगानी डुब्ने र संविधानले दिएको सूचना तथा मनोरञ्जनको हकबाट नेपाली जनता वञ्चित हुने महासंघको दावी छ ।

‘सरकारले क्लिन फिड लागू गर्दा मनरोञ्जनात्मक, समाचार, सूचना र खेलकुद, धार्मिक लगायतका विधिका अधिकांश च्यानल बन्द हुन्छन्, सरकार यस्तो व्यवस्था गरेर नागरिकलाई सूचना पाउने मौलिक हकबाट बञ्चित गर्न लागेको महसुस हामीलाई भएको छ,’ पराजुलीले भने ।

नेपाल सरकारले चाहे जस्तो नियम लागु गर्दा नेपालमा सर्वाधिक रुचाइएको च्यानलहरु कलर्स, स्टार प्लस, जी टीभी लगायतका सम्पूर्ण मनोरञ्जनात्मक च्यानलहरुका साथै खेलकुद प्रेमीहरुले मन पराएका फुटबल, क्रिकेट लगायत अन्य खेलहरु प्रसारण गरिने स्टार स्पोट्र्स, सोनी टेन लगायतका च्यानलहरु पनि नेपाली जनताले हेर्न नपाउने महासंघले जनाएको छ ।

यसलाई सांकेतिक बन्द भन्दै महासंघले भोलि आउने परिस्थितिबारे सरकारलाई अहिले नै अवगत गराइएको बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?