Comments Add Comment

नक्कली स्मार्ट लाइसेन्स बनाउने युवक पक्राउ

९ असार, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट नक्कली स्मार्ट लाइसेन्स बनाएर ठगी गरेको आरोपमा एक युवकलाई पक्रेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं १४ पिपरा बस्ने २८ बर्षका सन्तोष राउत कुर्मी पक्राउ परेका हुन् । नक्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) बनाउने कार्यमा संलग्न भएकोले कुर्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

नक्कली सवारी चालक अनुमतीपत्र (स्मार्ट कार्ड) बनाइ ठगी गर्दै छ भन्ने बिशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको थियो ।

उनको साथबाट एउटा नक्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) पनि बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment