Comments Add Comment

वीरगञ्ज महानगरको बजेट ४ अर्ब ४८ करोड

१२ प्रथमिकताका क्षेत्र निर्धारण, आन्तरिक आय ४८ करोड ६६ लाख उठ्ने अनुमान

९ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक बर्ष ०७६-०७७ का लागि ४ अर्ब ४८ करोडको बजेट सार्वजनिक गरेको छ ।

‘औद्योगिक तथा व्यापारिक शहर, सुसंस्कृत, सभ्य हाम्रो वीरगञ्ज महानगर’ भन्ने नाराका साथ सोमबारबाट शुरु भएको नगर सभाको पाँचौ अधिवेशनमा नगर प्रमुख विजय कुमार सरावगीले नीति तथा कार्यक्रमका साथै ४ अर्ब ४८ करोड १३ लाख ४८ हजार ८ सय ७९ को बजेट सार्वजनिक गरेका हुन् ।

महानगरले सडक पूर्वाधारहरुको विकास तथा स्तरोन्नती, आधारभूत तथा माध्यमिक शिक्षा र त्यसको गुणस्तर सुधार, उज्यालो वीरगंज, हरित वीरगंज र प्लाष्टिक तथा ध्वनी प्रदुषण मुक्त वीरगञ्ज जस्ता १२ प्राथमिकता क्षेत्र तोकेको छ ।

महानगरपालिकाले आगामी आर्थिक वर्षको चालु तर्फ रु. १ अर्व ३८ करोड २४ लाख ३७ हजार अर्थात ३०.८५ प्रतिशत, पुँजीगत तर्फ रु. ३ अर्ब ३ करोड ८९ लाख ११ हजार अर्थात ६७.८१ प्रतिशत र वितिय व्यवस्था तर्फ रु ६ करोड अर्थात १.३४ प्रतिशत खर्च हुने अनुमान गरेको छ ।

आर्थिक विकासमा २ करोड ३४ लाख अर्थात ०.५२ प्रतिशत, सामाजिक विकासमा रु. ७१ करोड ८२ लाख ७२ हजार अर्थात १६.०३ प्रतिशत र पूर्वाधार विकासमा रु. २ अर्ब ९४ करोड २८ लाख अर्थात ६५.६७ प्रतिशत छुट्याइएको छ । यस्तै सुशासन तथा अन्तर सम्बन्धि क्षेत्र (वन, वातावरण तथा विपद्समेत)तर्फ रु ३ करोड ३२ लाख ७९ हजार अर्थात ०.७४ प्रतिशत र कार्यालय तर्फ रु. ७६ करोड ३४ लाख ६८ हजार ८ सय अर्थात १७.०४ प्रतिशत खर्च गर्ने अनुमान गरिएको छ ।

आम्दानीतर्फ संघीय सरकारको वित्तिय समानिकरण रु. ४४ करोड १४ लाख, राजश्व वाँडफाँड रु. २६ करोड ७४ लाख, सशर्त अनुदान रु. ६१ करोड २३ लाख प्राप्त हुनेछ । त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानिकरण रु. १ करोड १५ लाख ७३ हजार, सशर्त अनुदान तर्फ ३ करोड, राजश्व बाँडफाँडतर्फ सवारी साधन रु. ३ करोड १४ लाख ४ हजार, घर जग्गा रजिष्ट्रेशन तर्फ रु. ६ करोड, सरसफाई सेवा शुल्क तर्फ रु. १ करोड ५५ लाख १८ हजार, नगर विकास अनुदान तर्फ २ अर्व २० करोड ६५ लाख १० हजार १ सय ६०, नगर विकास ऋण तर्फ रु. ७ करोड ७७ लाख ११ हजार ८ सय ३३, सडक बोर्ड तर्फ १ करोड ५० लाख र युनिसेफतर्फ रु. १ करोड १६ लाख प्राप्त हुने अनुमान छ ।

यस्तै नगद मौज्दात २१ करोड ४३ लाख ३१ हजार ८ सय ८६ छ भने आन्तरिक आयतर्फ रु. ४८ करोड ६६ लाखको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment