Comments Add Comment

नक्कली बिजनेस खातामाथि गुगलको डण्डा, हटायो ३० लाख फर्जी अकाउन्ट

गुगलले गत वर्ष सन् २०१८ मा आफ्नो नक्सा सेवा गुगल म्याप्सबाट ३० लाख भन्दा धेरै फर्जी बिजनेस अकाउन्ट हटाइदिएको छ ।

गुगलको ब्लग अनुसार ती फर्जी अकाउन्टहरुबाट गुगलका ग्राहकहरु ठगिने जोखिम थियो । गुगलका अनुसार धेरै पटक गुगल म्याप्सको बिजनेस अकाउन्टधारी कारोबारीहरुले धोकेबाजी गरी नाफा कमाउनका लागि स्थानीय रुपमा सूचिकरण समेत गर्दथे । गुगलले आफ्ना म्याप्सको बिजनेस सर्भिसमार्फत व्यवसायसँग जोडिनका लागि सम्पर्क तथा त्यहाँसम्म पुग्नका लागि बाटो देखाउने लगायका सेवा उपलब्ध गराउने गर्दछ ।

गुगल म्याप्सका प्रडक्ट म्यानेजर इथन रेसेलले हालै एक ब्लगमा भनेका छन् कि वास्तविक रुपमा गुगलका निशुल्क सेवाहरुका लागि समेत ठग व्यापारीहरुले पैसा असुल्ने गरेका छन् । उनीहरुले आफुलाई सक्कली कारोबारी बताएर ग्राहकसँग ठगी गर्दछन् । उनका अनुसार गुगलले यस्तो प्रविधिको प्रयोग गर्दछ कि त्यसबाट उसको प्लाटफर्मको दुरुपयोगलाई धेरै हदसम्म रोक्न सकिएको छ ।

उनले भनेका छन्, ‘गतवर्ष हामीले ३० लाख भन्दा धेरै फर्जी कारोबारी खाताहरु हटाएका छौँ । ती मध्ये ९० प्रतिशत भन्दा धेरै यस्ता बिजनेस अकाउन्ट छन् जसलाई कोही ग्राहकले खोल्न पनि सक्दैनन् । यो पूरै प्रक्रियामा करीब ८५ प्रतिशत फर्जी खातालाई गुगलको आन्तरिक सिस्टमबाट पहिचान गरी हटाइएको छ भने ग्राहकको रिपोर्टका आधारमा अढाई लाखभन्दाधेरै फर्जी खाता हटाइएको छ ।’

गुगलले सन् २०१८ मा हटाएका ती फर्जी अकाउन्टको संख्या सन् २०१७ को तुलनामा ५० प्रतिशत भन्दा धेरै हो ।

फर्जी बिजनेस प्रोफाइलहरुले गुगल म्याप्समा ग्राहकहरुलाई गुमराहमा पार्ने ग्रेको तथ्य गुगलले हालै स्विकार गरेको थियो । यस्ता प्रोफाइलहरुले ग्राहकहरुलाई गुमराहमा पार्नुअघि नै रोक्ने दिशामा काम गरिरहेको पनि गुगलले बताएको छ ।

मिडिया रिपोर्ट अनुसार गुगल म्याप्समा झण्डै १ करोड १० लाख भन्दा धेरै फर्जी लिस्टिङ्ग तथा फोन नम्बर रहेका छन् जसले वास्तविक तथा प्रतिस्पर्धी व्यवसायका लागि समस्याको रुपमा खडा भएका छन् ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment