Comments Add Comment

इंग्ल्यान्डविरुद्ध अष्ट्रेलिया ब्याटिङ गर्दै

१० असार, काठमाडौं । विश्वकप क्रिकेटमा घरेलु टोली इंग्ल्यान्डविरुद्ध अष्ट्रेलियाले ब्याटिङ सुरु गरेको छ ।

लन्डनस्थित लर्ड्समा सुरु भएको खेलमा इंग्ल्यान्डले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि अष्ट्रेलियाले ब्याटिङको निम्तो पाएको हो । आजको खेलमा दुबै टिम जित हात पार्ने लक्ष्यमा छन् ।

६ खेलमध्ये पाँच खेलमा जित र एक खेलमा हार ब्योहोरेको अष्ट्रेलिया १० अंक बनाएर दोस्रो स्थानमा छ । आजको खेल जिते अष्ट्रेलियाले विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गर्ने छ । यता, इंग्ल्यान्डले खेलको ६ खेलमध्ये चार खेलमा जित र दुई खेलमा पराजित हुदै ८ अंक बनाएको छ । चौथो स्थानमा रहेको इंग्ल्यान्डलाई सेमिफाइनलमा प्रवेश गर्नका लागि कम्तिमा पनि दुई खेल जित्नु पर्ने हुन्छ ।

इंग्ल्यान्ड टिम

इओइन मोर्गन (कप्तान), जोनी बैरस्टोव, जोइ रुट, बेन स्टोक्स, क्रिस वोकस, मोइन अली, जोस बुट्लर, आदिल रशिद, मार्क वोड, जोफ्रा आर्चर, जेम्स भिन्स ।

अष्ट्रेलिया टिम

आरोन फिन्च (कप्तान), स्टिभन स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्श्वेल, जासन बेहरेन्डोरफ, उस्मान खावजा, मिचेल स्टार्क, एलेक्स क्यारी, पट कुम्मिन्स, नाथन लियोन, मार्कुस स्टोइनिस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment