Comments Add Comment

गुप्टिल र मनरो लयमा फर्कने प्रशिक्षकको विश्वास

काठमाडौं । न्युजिल्याण्डका प्रशिक्षक ग्यारी स्टेडले ओपनिङ जोडी मार्टिन गुप्टिल र कोलिन मुनरो लयमा फर्कने विश्वास व्यक्त गरेका छन् ।

विश्वकपमा श्रीलंकामाथि १० विकेटको शानदार जित दिलाउने क्रममा दुवैले १३७ रनको साझेदारी गरेका थिए । तर, त्यसपछिका चार पारीमा दुवैले ५० रन कटाएका छैनन् ।

२०१५ मा वेष्टइण्डिजविरुद्ध अविजित २३७ रनको पारी खेल्दै रेकर्ड बनाएका गुप्टिल आइतबार म्यानचेष्टरमा शून्यमै आउट भए । न्युजिल्याण्डले आज पाकिस्तानविरुद्ध खेल्नुछ । त्यसपछि प्रशिक्षक स्टेडले भने, ‘कुनै पनि टिममा एकपटक त्यस्तो समय आउँछ, जतिबेला ब्याट्सम्यानहरुले रन बनाउन सक्दैनन् । गुप्टिल र मुनरोले पहिले पनि धेरैपटक ठूलो स्कोर बनाएका छन् । मलाई आशा छ, आगामी खेल त्यस्तै अवसर हुनेछ ।’

यो विश्वकपको पहिलो खेलमा अविजित ७३ रनको पारी खेलेका उनी त्यसपछि २५, ०, ३५ र ० मा आउट भएका छन् । मुनरोले पाँच खेलमा ११३ रन बनाएका छन् ।

न्युजिल्याण्डका प्रशिक्षक भन्छन्, ‘यदि उनीहरुले राम्रो गरे भने त्यसपछि आउने केन विलियम्सन र रोज टेलर जस्ता ब्याट्सम्यानलाई सहज हुन्छ ।’

विलियम्सन र टेलरले न्युजिल्याण्डका लागि चार वारीमा सबैभन्दा धेरै ३७३ र २०० रन बनाइसकेका छन् । त्यसैले न्युजिल्याण्ड अपराजित छ तर, यसका लागि उसले निकै मिहिनत गर्नु परेको थियो ।

वेष्टइण्डिजविरुद्ध कोर्लोस ब्रेथवेटको उत्कृष्ट प्रदर्शन गर्दा न्युजिल्याण्ड हार नजिक पुगिसकेको थियो तर ५ रनको जित निकाल्यो । प्रशिक्षक स्टेड भन्छन्, ‘कडा प्रतिस्पर्धाले छिमलाई नकआउट चरणमा राम्रो खेल्न मद्दत गर्छ ।’

आफ्नो टिम राम्रो लयमा रहेको भन्दै उनले यसलाई जारी राख्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment