Comments Add Comment

विराज र निकिताको ‘साङ्लो’को छायांकन सकियो

छायांकन सुरु हुनु अगावै विवादमा तानिएको नायक विराज भट्ट अभिनित चलचित्र ‘साङ्लो’ छायांकनको क्रममा पनि विवादित बन्यो । गाउँपालिकाले चलचित्रका लागि १० लाख दिएपछि यसको विवाद चुलिएको हो । तर, यसको निर्माणपक्षले भने यी सबै कुराहरुलाई किनारा लगाउँदै छायांकन सकेको छ । यो चलचित्रको छायांकन ५० दिनमा सकिएको निर्माणपक्षले बताएको छ ।

नायक विराज भट्टको डेब्यू निर्देशनमा तयार भएको यो चलचित्रलाई काठमाण्डौ, डोटी लगायतका स्थानमा खिचिएको छ । चलचित्र ‘साङ्लो’लाई प्रेम र एक्सनको कथा भनिएको छ । चलचित्रमा नायक विराज भट्ट र नायिका निकिता चण्डक मुख्य भूमिकामा छन् ।

चलचित्रलाई भदौमा रिलिज गर्ने योजना रहेको यसको निर्माणपक्षको छ । नेपाली चलचित्र क्षेत्रमा कुनै समय राम्रो क्रेज बनाएका नायक विराज भट्ट अहिले कमजोर बनेका छन् । यसैले पनि आफ्नै निर्देशनमा बनेको चलचित्रबाट विराज फेरि चलचित्र क्षेत्रमा उदाउन चाहन्छन् ।

नायिका निकिता चण्डकको डेब्यू चलचित्र ‘रानी महल’ पुरा हुन सकेन । यसैले, उनका लागि यो चलचित्र महत्वपूर्ण छ । निर्माणपक्षले ‘साङ्लो’लाई दर्शकको चाहना अनुसार बनाएको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment