
११ असार, काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध न्युजिल्यान्डले टस जितेर ब्याटिङ सुरु गरेको छ ।
इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा वर्षाको कारण केही ढिला गरी सुरु भएको खेलमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ गर्ने भएपछि पाकिस्तानले बलिङ थालेको हो ।
पाकिस्तान भने ६ खेलबाट दुई खेलमा जित, तीन खेलमा हार र एक खेलमा वर्षाको कारण अंक बाँड्दै पाँच अंकका साथमा लिगको सातौ स्थानमा छ । सेमिफाइनलको यात्रालाई कायमै राख्नका लागि आजको खेलमा पाकिस्तानले जित्नै पर्ने हुन्छ ।
यता न्युजिल्यान्डलाई भने आजको खेल जिते सेमिफाइनलमा पुग्ने छ । ६ खेलबाट पाँच खेलमा जित र एक खेलमा वर्षाको कारण अंक बाँडेको न्युजिल्यान्ड ११ अंकका साथमा अंक तालिकाको दोस्रो स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4