
११ असार, काठमाडौं । मुख्य खेलाडी महमुमुल्ला भारतविरुद्धको खेल अघि नै ठीक हुने बंगलादेशको विश्वास छ ।
अफगानिस्तानविरुद्धको खेलमा बंगलादेशका महमुदुल्लाले खुट्टामा चोट बोकेका थिए । बंगलादेशका भरपर्दा महमुदुल्ला मिडिल अर्डर ब्याट्सम्यान हुन् । उनले अफगानिस्तानविरुद्ध २७ रन बनाएका थिए ।
यता, बंगलादेशका टीम म्यानेजर खालेद महमुद सुजोनलाई विश्वास छ कि महमुदुल्लाले भारतविरुद्धको खेल खेल्नेछन् । उनी भन्छन्, ‘करिब एक सातासम्मको समय छ । यो अवधिमा भारतविरुद्धको खेलअघि नै उनी ठीक हुनेछन् ।’
कप्तान मश्रफी मोर्ताजा पनि भारतविरुद्धको खेलअघि नै उनी ठिक हुनेमा विश्वास छन् । अघिल्लो चरणमा पुग्नका लागि भारतलाई बंगलादेशले पराजित गर्नै पर्ने हुन्छ ।
सात खेल खेलेको बंगलादेशले तीन खेलमा जित, तीन खेलमा हार र एक खेलमा वर्षाको कारण अंक बाँड्दै ७ अंक बनाएको छ ।
बंगलादेशले जुलाई दुई तारिखमा भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
प्रतिक्रिया 4