
१२ असार, सप्तरी । अज्ञात समूहको कुटपिटबाट सप्तरीमा एक युवकको ज्यान गएको छ ।
तिरहुत गाउँपालिका–३ स्थित पिप्राही निवासी उपेन्द्र यादवका २५ वर्षीय छोरा कृष्ण विराजी (यादव) को कुटपिटबाट ज्यान गएको प्रहरीले जनाएको छ ।
उनलाई मंगलबार राति राजविराज नगरपालिका– ७ मा अपरिचित व्यक्तिको समूहले कुटपिट गरी घाइते बनाएर छाडेका थिए ।
स्थानीयको खबरपछि तत्कालै राजविराजस्थित अञ्चल अस्पतालबाट विराटनगर पुर्याइएकोमा त्यही उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका डीएसपी भावेश रिमालले जानकारी दिए ।
घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य थालेको डीएसपी रिमालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4