Comments Add Comment

धोनी र गेलको खेल सुध्रिएला ?

१२ असार, काठमाडौं । विश्वकप क्रिकेटमा बिहीबार भारत र वेष्ट इन्डिजबीचको खेल हुँदैछ । भारतका विकेट किपर ब्याट्सम्यान मेहन्द्रसिंह धोनी र वेष्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलको लागि यो अन्तिम विश्वकप हो ।

त्यसैले पनि यी दुई खेलाडीका लागि यो विश्वकप महत्वपूर्ण छ । तर जारी विश्वकपमा अहिलेसम्मका खेलमा धोनी र गेल दुबैले सम्झनलायक प्रदर्शन गर्न सकेका छैनन् । यस्तो अवस्थामा बिहीबारको खेलमा यी दुई खेलाडीको प्रदर्शन भने कस्तो रहला भन्ने जिज्ञासा क्रिकेटप्रेमीमा छ ।

विश्वकप क्रिकेट सुरु हुनुपूर्व क्रिकेटका ‘युनिभर्सल बोस’ क्रिस गेल र भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनीको ब्याटिङ चल्ने अपेक्षा गरिएको थियो । तर अहिलेसम्म त्यस्तो हुन सकेको छैन ।

जारी विश्वकपमा क्रिस गेलले ५ खेलबाट १९४ रन बनाएका छन् । उनले पाकिस्तान र न्युजिल्याण्डविरुद्धको खेलमा गरी दुई अर्धशतक बनाएका छन् । वेष्ट इन्डिजले पाकिस्तानलाई सात विकेटले पराजित गरेको खेलमा गेलले ५० रन बनाएका थिए ।

त्यसपछि अष्ट्रेलियाविरुद्ध २१, इंग्ल्यान्डविरुद्ध ३६ रन रन बनाएका उनी बंगलादेशविरुद्धको खेलमा भने शून्यमै आउट भए ।
गेलले सबैभन्दा धेरै रन जोडेको न्युजिल्यान्डविरुद्धको खेलमा ८७ रन बनाएका थिए ।

भारतको सफल कप्तानको परिचय बनाएका महेन्द्रसिंह धोनी अहिले असफल खेलाडीको रुपमा चिनिएका छन् । धोनीले दक्षिण अफ्रिकाविरुद्ध ३४, अष्ट्रेलियाविरुद्ध २७, पाकिस्तान विरुद्ध एक र अफगानिस्तानविरुद्ध २७ रन बनाए । धोनीको प्रदर्शनलाई लिएर पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुलकरले पनि असन्तुष्टि जनाइसकेका छन् ।

अहिलेसम्मको खेलमा उत्कृष्ट प्रदर्शन गर्न नसकेका यी दुई खेलाडीेले बिहीबार कस्तो प्रदर्शन गर्ने हो, त्यो भने प्रतीक्षाकै विषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment