+
+

‘जाइरा’को गीतमा रोमान्टिक नम्रता र अनुप

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १२ गते १६:१८

चलचित्र ‘जाइरा’को रोमान्टिक गीत सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजित कार्यक्रममा चलचित्रको ‘आँखाले बोल्छ’ बोलको गीत सार्वजनिक गरिएको हो । यो चलचित्र भदौको ६ गतेबाट रिलिज हुँदैछ । आशुतोष राज श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रको मुख्य भूमिकामा नायिका नम्रता श्रेष्ठ र नायक अनुपविक्रम शाही छन् । चलचित्रको सार्वजनिक गीतमा यी दुइ कलाकारको रोमान्टिक अवतार देखाइएको छ ।

रवि मल्लको शब्द, कल्याण सिंहको संगीत रहेको गीतमा सन्तोष लामाको स्वर छ । बाबु श्रेष्ठले चलचित्रलाई छायांकन गरेका हुन् । आशुषोतकै कथा रहेको चलचित्रमा पटकथा आशुतोष र निरोज महर्जनको छ । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको चलचित्रले एक मार्सल आर्ट सिकेकी यूवतीको कथा बन्छ । नायिका नम्रता श्रेष्ठले यो चलचित्रका लागि करिब ८ महिना मार्सल आर्ट सिकेकी थिइन् ।

गीतको भिडियोले भने चलचित्रमा नम्रता र अनुपको केमेष्ट्रीलाई प्रस्तुत गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?