Comments Add Comment

रिलायन्स लाइफको सम्पर्क कार्यालय २४सै घण्टा खुला रहने

१२ असार, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले आम नागरिकमा जीवन बिमाको बारेमा जनचेतना अभिवृद्धि गर्ने हेतुले तथा ग्राहक र रिलायन्स साथी (अभिकर्ता) मा थप सेवा २४सै घण्टा वा ३६५ दिन प्रदान गर्नका लागि सम्पर्क केन्द्र संचालनमा ल्याएको छ ।

सो सम्पर्क केन्द्रको उद्घाटन बिमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईं र रिलायन्स लाइफ इन्स्योरेन्सका अध्यक्ष तारा चन्द केडियाले संयुक्त रुपमा गरेका छन् ।

यस सम्पर्क  केन्द्रबाट आम नागरिकले जीवन बिमा, कम्पनी तथा कम्पनीको योजनाहरुको बारेमा परामर्श लिनुका साथै ग्राहक र रिलायन्स साथी (अभिकर्ता)ले  सल्लाह, सुझाव र गुनासा आदि ४७८७२२४ मा फोन वा  कम्पनीको अधिकारिक फेसबुक, ट्वीटर, वेबसाइट, इमेल वा मोबाइल एप मार्फत आफूलाई पायक पर्ने माध्यमबाट प्रेसित वा प्राप्त गर्न सक्नेछन् ।

नेपालको जीवन बिमा इतिहासमा पहिलो पटक प्रदान गरिएको यो सेवाले समस्त बिमा क्षेत्रको सेवा गुणस्तर वृद्धिमा एक उल्लेखनिय योगदान प्रदान गर्ने कम्पनीले बिश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment