Comments Add Comment

ब्राजिल कोपा अमेरिका कपको सेमिफाइनलमा प्रवेश

१३ असार, काठमाडौं । ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार बिहान भएको खेलमा पाराग्वेलाई पेनाल्टी ४–३ ले पराजित गर्दै आयोजक ब्राजिल सेमिफाइनलमा पुगेको हो ।

पाराग्वेमाथि कठिन जित हात पार्ने क्रममा पेनाल्टी सुटआउटमा ब्राजिलका लागि फिलिप कौटिन्हो र ग्याब्रियल जिसस, मार्किन्होस र विलियमले गोल गरे । रोबर्टो फिर्मिन्होले प्रहार गरेको पेनाल्टी भने गोलमा परिणत हुन सकेन ।

पाराग्वेका लागि भने ब्रुनो भल्डेज, मिगुएल अल्मिरान र रोड्रिगो रोजासले गोल गरेका थिए ।

निर्धारित समय र थप गरिएको समयसम्म पनि दुबै टिमले गोल रहित बराबरी खेलेपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो ।

पहिलो हाफमा बराबरी गोलमा ब्राजिललाई रोकेको पाराग्वे दोस्रो हाफमा भने १० खेलाडीमा सिमित बनेको थियो । फेबियन बालबुनाले खेलको ५८ औ मिनेटमा रातो कार्ड पाएपछि मैदान छाडेका थिए । १० खेलाडीमा सिमित पारग्वेलाई पनि निर्धारित समयसम्म ब्राजिलले हराउन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment