Comments Add Comment

टिमको आवश्यकताअनुसार ब्याटिङ गर्छु : केएल राहुल

१३ असार, काठमाडौं । भारतले आफ्नो अपराजित यात्रालाई कायम राख्दै विश्व क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ । बिहीबार राति वेष्ट इन्डिजलाई १२५ रनको फराकिलो अन्तरले पराजित गर्दै भारत सेमिफाइनल नजिक पुगेको हो ।

भारत यो पटकको विश्वकप उपाधि उचाल्दै इतिहास रच्न चाहन्छ । त्यसका लागि बलियो खम्बा हुन् ओपनर ब्याट्सम्यान केएल राहुल पनि छन् ।

ओपनर शिखर धवन अष्ट्रेलियाविरुद्धको खेलमा चोट बोक्दै विश्वकपबाटै बाहिरिएपछि केएल राहुलले ओपनिङ ब्याटिङ थालेका छन् । यसअघि उनी चौथो नम्बरमा ब्याटिङ गर्ने आउथे ।

वेष्ट इन्डिजविरुद्धको खेलमा भारतको ओपनिङ जम्न सकेन । टिमले जति अपेक्षा राखेको थियो त्यो नभएको राहुल बताउँछन् ।

‘ब्याटिङ गर्न निकै गाह्रो थियो । नयाँ खेलाडीलाई सेट हुन समय लाग्यो । हाम्रो सेट ब्याट्सम्यान आउट हुदै गए,’ उनले भने ‘मेरो विचारमा त्यो पिचमा २६० देखि २७० सम्मको स्कोर राम्रो हो । ब्याटिङ युनिटमा हामी पूर्वरुपमा विश्वस्त थियौं । ‘स्लो विकेट’ थियो ।’

चौथो नम्बरमा ब्याटिङ गर्दागर्दै एकैपटक ओपनिङमा आउँदा गाह्रो भएन भन्ने प्रश्नमा उनले भने ‘यो लेभलमा आइसकेपछि हामी जे गर्न पनि तयार हुुनुपर्छ । शिखर घाइते भएपछि मैले ओपनिङमा ब्याटिङ गर्नु परेको छ । यो होइन कि म ओपनिङमा ब्याटिङ गर्न सक्दिन ।’

उनले थपे, ‘टिमको आवश्यकताअनुसार मेरो भूमिका कहाँ हुन्छ त्यसको लागि विगत दुई वर्षदेखि मैले कडा अभ्यास गरिरहेको थिए । टिमलाई कहाँ नेर मेरो अवश्यकता पर्छ त्यही अनुसारले राम्रो गर्ने प्रयास गर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment