
१३ असार, काठमाडौं । विश्वकप क्रिकेटमा श्रीलंकाले दक्षिण अफ्रिकालाई २०४ रनको सामान्य लक्ष्य दिएको छ ।
रिभरसाइड मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९.३ ओभरमा सबै विकेटको क्षतिमा २०३ रन बनाएपछि दक्षिण अफ्रिकाले समान्य चुनौती पाएको हो ।
सुरुवातमै दबाबमा आएको श्रीलंकाले राम्रो प्रदर्शन गर्न सकेन । श्रीलंकाका लागि कुशल परेरा र अभिश्का फेर्नान्डोले समान ३०–३० रन बनाए । त्यस्तै, धनन्जय डि सिल्भाले २४ र कुशल मेन्डिसले २३ रन बनाए ।
बलिङतर्फ क्रिस मोरिस र डवाइन पिटरियसले समान ३–३ विकेट लिए । त्यस्तै, कागिसो रबडाले दुई विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4