Comments Add Comment

तरकारी आयातमा अवरोधको असर छैन : कालीमाटी बजार

१३ असार, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बिकास समितिले तरकारी र फलफूलको मूल्य नबढेको प्रष्ट पारेको छ । नेपाली उत्पादनका हरिया तरकारी तथा फलफूल बजारमा उच्च मात्रामा भित्रिएका कारण सीमामा विषादीयुक्त तरकारी भित्र्याउन गरिएको कडाईले बजार मूल्यमा खासै प्रभाव नपरेको विकास समितिले जनाएको छ ।

समितिका उप निर्देशक एवं प्रवक्ता विनय श्रेष्ठका अनुसार विषदीयुक्त तरकारी तथा फलफूल रोक्न थालिएको असार ३ गतेको प्रभाव कालिमाटी बजारमा असार ५ मा देखिएको थियो । सुरुवाती दुई तीन दिन तरकारी र फलफूल बोकेको कुनै पनि भारतीय सवारी साधन कालीमाटी प्रवेश नगरेको श्रेष्ठले बताए । उनका अनुसार असार ५ र १३ गते बजार मूल्य हेर्दा अहिले तरकारीको मूल्य झनै सस्तो छ ।

भारतबाट धेरै मात्रामा भित्रिदैं आएको प्याज, कागती, माछा, आलु र गोलभेडाको मूूल्यमा खासै परिवर्तन नदेखिएको श्रेष्ठले बताए । सुरुवाती दिनमा भन्दा प्याज तीन,सानो गोलभेडा ३३ र आलु ७ र माछा ३ प्रतिशतले सस्तिएको श्रेष्ठले बताए ।

तरकारी तथा फलफूलको जीवनासक विषादीको अवशेष परीक्षण गरेर मात्र आयात गर्न पाइने सरकारी नीतिले तरकारी र फलफूलको मूल्य बढेको हल्ला सत्य नभएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment