+

कोपा अमेरिका फुटबल : अर्जेन्टिना र चिली सेमिफाइनलमा

२०७६ असार  १४ गते ७:०० २०७६ असार १४ गते ७:००
कोपा अमेरिका फुटबल : अर्जेन्टिना र चिली सेमिफाइनलमा

१४ असार, काठमाडौं । कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र चिली सेमिफाइनलमा पुगेका छन् । शनिबार बिहान सम्पन्न खेलमा भेनेजुयलालाई हराउँदै अर्जेन्टिना र कोलम्बियालाई हराउँदै चिली अन्तिम चारमा पुगेका हुन् ।

अब सेमिफाइनलमा अर्जेन्टिनाको भेट चीर प्रतिद्वन्द्वी ब्राजिलसँग हुने छ भने चिलीले उरुग्वे र पेरुबीचको बिजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छ ।

लौटारोमार्टिनेज

शनिबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले भेनेजुयलालाई २-० ले हरायो । अर्जेन्टिनाका लागि १० औं मिनेटमा लौटारोमार्टिनेजले गोल गर्दै पहिलो हाफमा १-० को अग्रता दिलाए । दोस्रो हाफमा सब्सिच्युट खेलाडी जोभानी लोसेल्सोले ७४ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।

ब्राजिलले यसअघि नै पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

अर्को क्वाटर फाइनल खेलमा साविकको विजेता चिलीले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गर्‍यो । निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

कोलम्बियाका विलियम टेसिलोले पेनाल्टी मिस गरेपछि नतिजा चिलीको पक्षमा गयो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय