Comments Add Comment

‘मारुनी’सँग ‘कबड्डी कबड्डी कबड्डी’

नेपाली चलचित्रका निर्माताले ढुक्कसँग चलचित्र रिलिज गर्न पाउँदैनन् । सोलो रिलिज पाउने आशामा कुनै मिति तय गरेका निर्माताले चलचित्र रिलिज नभएसम्म निदाउन पाउने अवस्था छैन । बल्ल बल्ल ठूला हिन्दी र अंग्रेजी चलचित्रबाट बचेर प्रदर्शन मिति तय गर्ने निर्माताहरु कतिबेला आफ्नै देशको चलचित्रसँग जुध्नु पर्छ भन्ने तनावमा रहन्छन् ।

भदौ १३ मा कुनै पनि चलचित्रले प्रदर्शन मिति तय नगरेपछि निर्मात्री पूनम गौतमले आफू निर्मित चलचित्र ‘मारुनी’को प्रदर्शन मिति तय गरेकी थिइन् । तर, अब उनी निर्मित चलचित्रले सोलो रिलिजको अवसर नपाउने देखिएको छ ।

जेठको ५ गतेबाट छायांकन भएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ यही मितिमा आउने भएको छ । यसको निर्माणपक्षले अहिलेसम्म भदौ १३ लाई अफिसियल रुपमा प्रदर्शन मिति तोेकेको त छैन । तर, भदौ १३ मा ‘कबड्डी कबड्डी कबड्डी’ ल्याउने तयारी भएको वुझिएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्र छायांकन सुरु भएको ३ महिनामा हलमा लाग्दैछ ।

चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्र ‘मारुनी’मा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, रेबिका गुरुङ लगायतका कलाकारको मुख्य भूमिका छ । बक्स अफिसमा ‘मारुनी’ र ‘कबड्डी कबड्डी कबड्डी’को भिडन्त भएको खण्डमा यो बर्षकै एक ठूलो भिडन्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment