Comments Add Comment

मेरो पुरुष क्रस रणवीरः आयुष्मान

पछिल्लो समय बलिउडमा आयुष्मान खुरानाको चर्चा निकै हुने गर्छ । नयाँ पुस्तका नायकहरुमा उनको नाम अगाडि आउँछ । बिषयवस्तु हेरेर चलचित्र खेल्दा उनका चलचित्रले बक्स अफिसमा राम्रो कमाई गर्छन् । जसको प्रत्यक्ष फाइदा आयुष्मानको स्टारडममा पनि परेको छ ।

उनले अभिनय गरेका ‘अन्धाधुन, बधाई हो’ जस्ता चलचित्र बक्स अफिसमा हिट भए । उनी अभिनित नयाँ चलचित्र ‘आर्टिकल १५’ अहिले हलमा लागिरहेको छ । यसै चलचित्रको प्रचारप्रसारको लागि आयुष्मान ‘कपिल शर्मा शो’को पुगेमा थिए । कपिलले आयुष्मानलाई ‘तपाईको पुरुष क्रस को हो भनेर प्रश्न गरे । जसमा आयुष्मानले नायक रणवीर सिंहको नाम लिए ।

उनले भनेका छन्–‘मेरो म्यान क्रस रणवीर सिंह हुन् । किनभने उनी निकै नै राम्रो र मायालु मान्छे छन् । उनीसँग दीपिका पादुकोण साथमा हुँदा मलाई पनि खुशी लागेको छ । दुइको जोडी सुन्दर छ ।’

रणवीर र दीपिकाले पनि आयुष्मानलाई रुचाउने आयुष्मानले बताए । उनले भने–‘मैले मात्र उनीहरुलाई माया गर्ने होइन । उनीहरुले पनि मलाई माया गर्छन् । हनिमुनको समयमा पनि दीपिका र रणवीर मेरो चलचित्र ‘अन्धाधुन’ हेर्न आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment