Comments Add Comment

भारतलाई इंग्ल्यान्डले दियो ३३८ रनको लक्ष्य

१५ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आयोजक इंग्ल्यान्डले भारतलाई ३३८ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा ३३७ रन बनाएपछि भारतले ठूलो लक्ष्य पाएको हो ।

इंग्ल्यान्डका लागि जोनी बैरस्टोवले शतक बनाउँदै उत्कृष्ट प्रदर्शन गरे । उनले १०९ बलमा १११ रन बनाए । १० चौका र ६ छक्का प्रहार गर्दै इंग्ल्यान्डलाई उकासे । उनको यो जारी विश्वकपमा पहिलो शतक हो । शतक बनाउने क्रममा उनले ज्यासन रोयसँग १६० रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई राम्रो सुरुवात दिलाएका थिए । यता, रोय भने ६६ रनमा आउट भए ।

त्यस्तै, इंग्ल्यान्डको ठूलो स्कोर बनाउने क्रममा बेन स्टोक्सले ७९ रन बनाएर आउट भए । जोइ रुटले भने ४४ रन बनाउँदा जोस बुटलर २० रनमा आउट भए ।

बलिङतर्फ भारतका मोहम्मद शामीले पाँच विकेट लिए । उनले १० ओभरमा एक मेडन ओभर राखेर ६९ रन खर्चिदै पाँच विकेट लिएका थिए । कुलदीप यादव र जस्पित बुमराहको नाममा भने समान १-१ विकेट रहृयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment