Comments Add Comment

गर्मीमा मेकअपः केही उपयोगी काइदा

गर्मीको समयमा मेकअप कस्तो गर्ने ? हेभी मेकअप गर्दा पसिनाले बगाउँछ । धुलो-धूँवा तलपतिन्छ । अर्कोतिर पानी पर्ने टुंगो हुन्न । पानीले पनि मेकअप बिगार्न सक्छ । आकर्षक देखिन प्रयोग गरिएको मेकअपले कुरुप देखियो भने ?

हो त, गर्मीमा गरिने मेकअपमा केही ज्ञान हुन आवश्यक छ । गर्मीमा वाटरप्रुफ सौन्दर्य प्रसाधन प्रयोग गर्नुपर्छ । यसबाट लामो समयसम्म सुन्दर देखिन सहयोग प्राप्त हुन्छ । केही प्रसाधनहरुको छोटो जानकारी यसप्रकार छ ।

आँखाको मेकअप

दिउँसो आँखाको मेकअप गर्दा गाढा रंगको प्रयोग गर्नु हुँदैन । न्यूड अथवा न्युट्रल सेड्सका आइस्याडो प्रयोग गर्नु पर्छ । गर्मी मौसममा रिसम आइस्याडो प्रयोग गर्नु हुँदैन । आँखामा गाजल अथवा हल्का आइलाइनर लगाउनु पर्छ । दिउँसो मस्कारा पनि नलगाएकै बेस, गर्मीमा त्यो बग्ने डर हुन्छ ।

ओठको मेकअप

स्मार्ट लूकका लागि ओठमा हल्का सेड छनोट गर्नुपर्छ । पहिरन अनुसार लिपिस्टिक प्रयोग गर्नुपर्छ । त्यसमा ग्लसी इफेक्ट नहोस् भन्ने कुरामा ध्यान दिनु पर्छ ।

फाउन्डेसनः वाटरप्रुफ फाउन्डेसन प्रयोग गर्नु पर्छ । फाउन्डेसन आफ्नो अनुहारको रंगभन्दा हल्का सेड भएको हुनुपर्छ । प्राकृतिक लूकका लागि फाउन्डेसनलाई राम्ररी ब्लेन्ड गर्नुपर्छ । त्यसपछि फाउन्डेसनसित मिल्ने कम्प्याक्ट प्रयोग गर्नुपर्छ ।

हाइलाइटरः दिउँसो रोजी ब्लस सेडले गालालाई हाइलाइट गर्दा राम्रो देखिन्छ । यदि छालामा दाग छ भने त्यसलाई कन्सिलरले ढाक्नु पर्छ ।

कन्ट्ररिङः अनुहार तथा आँखाको वरीपरी कन्ट्ररिङ पाउडर प्रयोग गर्नुपर्छ । यसबाट दिनभरि स्मार्ट देखिन सहयोग पुग्छ ।

साँझको लुक

आफ्नो अनुहारलाई साँझ पनि स्मार्ट देखाउन चाहानु हुन्छ भने ओठमा गाढा लिपिस्टिक प्रयोग लगाउनु पर्छ र अनुहारको बाँकी भागमा हल्का मेकअप गर्नु पर्छ ।

फाउन्डेसनः इबन टोनका लागि क्रिम बेस्ड फाउन्डेसन प्रयोग गर्नुपर्छ । यसबाट राम्रो परिणाम प्राप्त हुन्छ ।

हाइलाइटरः लिक्विड हाइलाइटरलाई अनुहारका साथै आँखामा पनि लगाउनु पर्छ । यदि तपाईं साँझमा ग्ल्यामरस देखिन चाहानु हुन्छ भने आइलिडमा थोरै सिमर मिसाउन सक्नु हुन्छ ।

कन्ट्ररिङः कन्ट्ररिङ पाउडरलाई चिकबोनमा लगाउँदा अनुहार आकर्षक देखिन्छ ।

आँखाः साँझको समयमा आँखाको मेकअपमा विशेष ध्यान दिनु पर्छ । त्यसका लागि सबैभन्दा पहिला बेस लगाउनु पर्छ । त्यसपछि हल्का खैरो रंगको आइलाइनर पेन्सिल माथिदेखि तलसम्म प्रयोग गर्नुपर्छ । त्यसपछि औंलाको सहायताले त्यसलाई स्मज गर्नुपर्छ । त्यसपछि मस्कारा प्रयोग गर्नुपर्छ ।

ओठः यदि तपाईंको ओठ पातलो छ भने त्यसको वास्तविक सेपबाट हल्का बाहिरसम्म लाइनिङ दिनुपर्छ । ओठलाई भरिएको देखाउन लिप ग्लस प्रयोग गर्नुपर्छ । त्यसबाट ओठ ठूलो र आकर्षक देखिन्छ । रातो रंगको लिपिस्टिक प्रयोग गर्नु उचित हुन्छ । साँझको पार्टिमा रातो ओठले तपाईंलाई आकर्षक देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment