+
+
Shares

प्रधानाध्यापकको ठगी धन्दा : जागिर लगाइदिन्छु भनेर ६१ लाख झ्वाम !

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १६ गते १२:३१

१६ असार, बारा । जिल्ला प्रहरी कार्यालय, बाराले विद्यालयमा जागिर लगाइदिने बहानामा लाखौं ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा-८ को श्री सामुदायिक विद्यालयका प्राधानाध्यापक ४३ वर्षीय अनिलकुमार ठाकुर छन् ।

जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख सानुराम भट्टराईका अनुसार ठाकुरलेे विद्यालयमा शिक्षकको जागिर लगाइदिने आश्वसन दिएर प्रतिव्यक्ति दुईदेखि ५ लाख रुपैयाँसम्म लिएको उजुरी परेको थियो ।

‘अहिलेसम्म जम्मा ६१ लाख १४ हजार ५ सय रुपैयाँ लिएर आफैं नियुक्ति पत्रसमेत दिइ लुकीछिपी बस्दै आएको देखिएको छ’, भट्टराईले भने, ‘उनले पछि जागिर नभएको भन्दै रकम नभएको चेक दिएका थिए ।’

एउटै शैलीबाट ठाकुरले २० जनालाई ठगेको इलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ ।

पक्राउ परेका शिक्षकविरुद्ध प्रहरीले जिल्ला अदालत, बाराबाट ठगी मुद्दामा ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?