Comments Add Comment

उपत्यकामा विजुली बस चलाउने सहमति, प्रदेश सरकारले दियो ३० करोड

१६ असार, काठमाडौं । प्रदेश ३ सरकार, काठमाडौं र ललितपुर महानगर र साझा यातायात प्रालीबीच काठमाडौं उपत्यकामा विजुली बस सञ्चालन गर्ने सहमति भएको छ ।

सोमबार एक कार्यक्रमका बीच समझदारी पत्रमा हस्ताक्षर भयो । कार्यक्रममा विद्युतीय बस खरिदका लागि प्रदेश ३ सरकारले साझा यातायातलाई ३० करोड रुपैयाँ हस्तान्तरण गरेको छ । सहमतिअनुसार काठमाडौं महानगरले १० करोड दिनेछ भने ललितपुर महानगर र साझा यातायातले समान २ करोड ५० लाख रुपैयाँका दरले लगानी गर्नेछन् ।

ललितपुरले सोमबार नै २ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै ठाउँमा विद्युतीय बस सञ्चालन गर्नुपर्नेमा जोड दिए । इन्धनबाट चल्ने भन्दा विद्युतिय बस सस्तो हुने भएको कारण पनि यसमा ध्यान दिनुपर्ने उनले बताए ।

काठमाडौंलाई धुलोमुक्त बनाउन प्रदेश सरकारले लगानी गर्ने बताए । काठमाडौं उपत्यका भित्र ˆलाई ओभर, आकासे पुल आवश्यकताका आधारमा प्रदेश सरकारले निर्माण गर्ने बताए ।

कार्यक्रममा युरो ४ मापदण्डका २० वटा बस साझा यातायातलाई हस्तान्तरण गरिएको छ ।

बसहरुले सोमबारबाटै सेवा शुभारम्भ गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment