Comments Add Comment

फर्नान्डोको शतकले बलियो बन्यो श्रीलंका

काठमाडौं । विश्वकप क्रिकेटमा वेस्ट इन्डिजविरुद्धको खेलमा श्रीलंकाले ३३८ रन बनाएको छ । सम्हालिएको ब्याटिङ गर्दै अभिस्का फर्नान्डोले शतक बनाएसँगै श्रीलंका बलियो स्थितिमा पुगेको हो ।

वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि श्रीलंकाले पूरा ५० ओभर खेल्दै ६ विकेट जाँदा ३ सय ३९ रनको लक्ष्य दिन सकेको हो । जसमा १०३ बलमा १०४ रन बनाएका फर्नान्डोसँगै अन्य ब्याट्सम्यानको खेल पनि हेर्न लायक रहृयो । ओपनिङमा आएका दिमुथ करुणारत्नेले ४८ बलमा ३२ रन साथै कुशल परेराले ५१ बलमा ६४ रन बनाए ।

यस्तै कुशल मेन्डिसले ४१ बलमा ३९ रन, एन्जेलो म्याथ्युजले २० बलमा २६ रन, लाहिरु थिरीमानेले ३३ बलमा अविजित ४५ रन बनाए । इसुरु उडानाले भने ६ बलमा ३ रन मात्रै बनाउन सके । धनञ्जय डी सिल्भाले ३ बलमा ६ रन बनाए ।

वेस्ट इन्डिजका लागि ज्यासन होल्डरले दुई साथै फाबियन एलन, शेल्डन कोटरेल र ओशेन थोमसले एक/एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment