+
+
Shares

सिनामंगलमा सवारी दुर्घटना : १६ घाइते, दुई गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १७ गते १०:४१

१७ असार, काठमाडौं । सिनामंगलमा दुई माइक्रो बस आपसमा ठोक्किँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार मंगलबार बिहान गौशालाबाट सिनामंगल जाँदै गरेको बा ४ ख ५१०० नम्बरको हायस र विपरीत दिशाबाट आइरहेको बा १ झ ९७७६ नम्बरको माइक्रो एकआपसमा ठोक्किएको थियो ।

घटनामा नेपाली सेनाका अमल्दार भरत खत्री र माइक्रो चालक हिमाल काफ्ले गम्भीर घाइते छन् । नारायण दल गुल्ममा कार्यरत् खत्रीको टाउकोमा चोट लागेको छ ।

घाइते दुवैको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको बोगटीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?