Comments Add Comment

बैंकिङ प्रविधिमा पूर्ण विश्वस्त छैन : अर्थमन्त्री खतिवडा

१७ असार, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रविधिमा आधारित बैंकिङ प्रणालीमा आफूलाई पनि विश्वास गर्न गाह्रो परेको बताएका छन् । नेपाल धितोपत्र बोर्डले आयोजना गरेको वित्तीय साक्षरता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उदघाटन गर्दै अर्थमन्त्री खतिवडाले प्रविधिमा आधारित बैंकिङ प्रणालीप्रति अझै विश्वस्त हुन नसकिएको बताएका हुन् ।

आफूले २५ वर्षभन्दा लामो समय केन्द्रीय बैंकमा काम गरेको अनुभव सुनाउँदै खतिवडाले भने, ‘मैले यही क्षेत्रमा लामो समय काम गरिसकेँ, तर अझै म प्रविधिमा आधारित बैंकिङ प्रणालीप्रति पूर्ण विश्वस्त हुन सकेको छैन भने अरुको हालत के होला ?’

विश्वमा प्रविधिको प्रयोग बढ्दै गएको र प्रविधिको प्रयोगसँगै चुनौतीहरु पनि थपिदै गएको उनले बताए । अर्थमन्त्री खडिवडाले प्रविधिको नियमन अझै कडा हुनु पर्ने बताए ।

मंगलबारबाट शुरु भएको सम्मेलन बुधबारसम्म चल्नेछ । दी अर्गनाइजेशन फर इकोनोमिक को-अपरेशन एण्ड डेभलपमेन्ट अन्तर्गतको इन्टरनेशनल नेटवर्क अन फाइनान्सियल एजुकेशन (आईएनएर्फइ)सँगको सहकार्यका धितोपत्र बोर्डले ‘ओईसीडी-सेवन कन्फेरेन्स एण्ड राउण्ड टेबल अन फाइनान्सियल कन्जुमर प्रोटेक्सन एण्ड एजुकेशन इन एशिया प्यासिफिक’ विषयक सम्मेलन आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment