Comments Add Comment

श्रीमान्-श्रीमतीको सम्बन्धमा शिष्टाचार कति अनिवार्य ?

श्रीमान्-श्रीमती आपसमा खुलस्त हुनुपर्छ । पारदर्शी हुनुपर्छ । हामी यसै भन्छौं । कुरा सही पनि हो, दम्पतीले एकअर्कालाई छल्ने, लुकाउने गरेमा त्यहाँ शंकाको विउँ रोपिन्छ । शंकाले सम्बन्धमा फाटो ल्याउँछ ।

त्यसो भन्दैमा श्रीमान र श्रीमतीबीच कुनै दुरी रहनुहुन्न, गोपनियता रहनुहुन्न भन्ने पनि होइन । कतिपय कुरा नितान्त व्यक्तिगत हुन्छन् र त्यसमा गोपनियता पनि आवश्यक हुन्छ । यसैगरी दाम्पतीबची मर्यादा र केही सीमा पनि हुन्छन् ।

श्रीमान्-श्रीमतीबीचको माया-प्रेम सधैं प्रगाढ रहिरहोस् भन्नाका लागि आपसी माया-प्रेम  सँगसँगै संवादमा शालीनता, सहजता र शिष्टता हुन आवश्यक छ ।

श्रीमान-श्रीमतीबीचको माया-प्रेम सधैं प्रगाढ रहिरहोस् भन्नाका लागि शिष्टाचार हुनु अति नै आवश्यक छ । एक-आपसमा शिष्टाचार भएन भने सम्बन्धमा नकारात्मक प्रभाव पर्छ ।

श्रीमान्-श्रीमतीबीच पनि शिष्टाचार जस्तो औपचारिकता आवश्यक छ भन्ने कुरा सुन्दा अथवा पढ्दा जो कोहिलाई आश्र्चय लाग्न सक्छ । तर, कतिपय श्रीमान्-श्रीमतीबीच मनमुटाव हुने, स-साना झगडा तथा अनावश्यक वहस हुने जस्ता समस्याहरु शिष्टाचारको अभावका कारण हुन सक्छ ।

शिष्टाचारको कमिका कारण हामी अशिष्ट भाषाको प्रयोग गछौं र अञ्जानमा एक-अर्कालाई अपमानित गरिरहेका हुन्छौं । श्रीमान्-श्रीमतीको सम्बन्धमा मान-सम्मान र माया-प्रेम अझ प्रगाढ होस् भन्नका लागि निम्न कुरामा ध्यान दिनु आवश्यक छ ।

-श्रीमान्-श्रीमतीले सधै एक अर्काको कुरालाई ध्यान दिएर सुन्नु पर्छ । तपाईंहरुले एक-अर्काको कुरा राम्रोसंग ध्यान दिएर सुन्नु भएन भने तपाईले आफ्नो पार्टनरको कुराप्रति महत्व नदिएको भन्ने बुझिन्छ ।

-सधै हरेक कुरामा टोलाइ रहनुले पनि विस्तारै सम्बन्धमा तनाव उत्पन्न गराउन सक्छ .। यदि तपाईंलाई पाटर्नरको कुरा चित्त बुझेको छैन भने त्यसलाई मायाले सम्झाउन पर्छ । .

-आपसी कुराकानीमा शब्दको चयन पनि महत्वपुर्ण हुन्छ ।. सरी, थ्यांक यू र प्लीज जस्ता शब्दको प्रयोगले केवल शिष्टाचारमात्र दर्शाउने हैन,  सम्बन्ध बलियो बनाउन पनि सहयोग गर्छ ।

-यदि घरमा पहुना आएका छन् र आपसी केहि समस्या छ भने पनि पहुनाको अगाडि व्यवहारमा सहजता र प्रेम झल्काउनु पर्छ । पाहुनालाई तपाईहरुबीच केही समस्या छ भन्ने कुरा थाहा दिनु हुँदैन ।.

-एक-अर्कालाई सहयोग गर्नु यो सम्बन्धमा अति नै आवश्यक छ । आपसी काममा जति सक्दो सहयोग गनुहोस् ।. यदि काममा सहयोग गर्न सक्नु हुन्न भने काम बढाउने पनि नगर्नुहोस् ।.

-एक-अर्कासँग हाँसो ठट्टा गरे पनि कहिल्यै व्यंग्य गर्नु हुँदैन । एक-अर्काको  खिल्लि उडाउने र व्यंग्य गर्ने जस्ता व्यवहारले श्रीमान्-श्रीमतीबीच शत्रुको जस्तो सम्बन्ध हुन सक्छ ।.

-एक-अर्काको परिवारको बारेमा कहिल्यै होच्याउने किसिमको कुराहरु गर्नु हुँदैन । सधै एकअर्काको परिवारको सम्मान गर्नु पर्छ । यसले तपाईहरुको सम्बन्धमा पनि सम्मान अझ बढ्छ ।

-रिस उठेकेा बेलामा सकेसम्म कुरा नगर्नुहोस् । कुरा गर्नु नै परेमा रिसलाई काबुमा राख्नुहोस् ।

-सम्भव भएसम्म बहस नगर्नुहोस् अथवा बहस हुने स्थिति नै उत्पन्न हुन नदिनुहोस् । यदि बहस भइहालेमा असभ्य अथवा अशिष्ट भाषाको प्रयोग गर्नु हुँदैन । रिसमा बोलिएको कुराले भावी जीवनमा नकारात्मक प्रभाव पार्न सक्छ ।

-बदलाको भावना मनमा राख्नु हुँदैन । कुनै समयमा गरिएको कुरालाई मनमा बदलाको भावना स्वरुप राखिरहँदा सम्बन्धमा माया प्रेमको ठाउँ बदला र घृणाले लिन्छ ।

-बिहान-बेलुका खाना खाँदा गम्भिर अथवा विवादास्पद कुरा गर्नु हुँदैन । रमाइलो र आनन्दका साथ खाना खानु पर्छ ।

-एक-अर्काको फोन अनावश्यक चेक गर्नु हुँदैन । फोनमा कुरा गर्दा ठूलठूलो स्वरले बोल्नु हुँदैन ।

-यदि तपाईको पार्टनरको नाममा कुनै चिठि्ठ, कुरियर, पार्सल अथवा कुनै गिफ्ट आएको छ भने त्यो पार्टनरलाई नै खोल्न दिनुपर्छ । तपाईं आफुले खोल्दा तपाईको पार्टनरलाई मन नपर्न सक्छ ।

-आफ्नो पार्टनरलाई पखाईराख्नु र भनिएको समयमा नपुग्नु पनि सम्बन्धमा नकारात्मक प्रभाव पर्ने कुरा हो ।

-आपसी शेयरिङ र केयरिङको भावना पनि आवश्यक छ । एक-अर्कालाई सपोर्ट गर्नु पर्छ । एक-आपसमा प्रतिस्पर्धाको भावना राख्नु हुँदैन । श्रीमान् श्रीमती भनेको एक-अर्काको सुख र दुःखका साथी हुन्, प्रतिद्वन्द्वि होइन । एकअर्काको प्रगति र कामप्रति खुशी हुनुपर्छ ।

-समय-समयमा एक-अर्काको प्रसंशा गरि राख्नु पर्छ र सरप्राइजहरु पनि दिइरहनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment