Comments Add Comment

साहिदले संझौता गरेका ५ फिल्म किन बनेनन् ?

नायक साहिद कपुरले बलिउड प्रवेश गरेको लामो समय भइसकेको छ । तर, हाल प्रदर्शनरत चलचित्र ‘कविर सिंह’ले साहिदको करिअरलाई कायापलट गरिदिएको छ । यो चलचित्रबाट साहिदको खुबै चर्चा भइरहेको छ । सायदले करिअरमा लामो समयपछि ब्ल्कबस्टर चलचित्र दिएका छन् । यो चलचित्रले बुधबारसम्म भारतीय बक्स अफिसमा २ सय करोडको आँकडा छुनेछ । चलचित्र यो बर्षकै सर्वाधिक कमाउने सूचीको पहिलो नम्बरमा उक्लने पक्का जस्तै छ ।
तर, साहिदलाई यो सफलता यसै मिलेको होइन । यसका लागि उनले लामो समय धैर्य गरेका छन् ।

उनी अनुबन्धित भएका केही चलचित्रहरु निर्माण भएनन् । कति छायांकन भएर पनि रिलिज भएनन् । हामीले यहाँ साहिद अनुवन्धित भएर पनि नबनेका ५ बलिउड चलचित्रको कुरा गर्दैछौ ।

१. हीर–राँझा
‘पद्मावत’मा काम गर्नु पूर्व नै दीपिका पादुकोण र साहिद कपुरको जोडी बाँधिने पक्का थियो । यो जोडीले साबिर खानको निर्देशनमा बन्ने चलचित्र ‘हीर–राँझा’मा काम गर्ने पक्का भएको थियो । निर्देशकले एक अन्तरवार्तामा चलचित्रको छायांकन छिट्टै सुरु हुने बताएका थिए । तर, यो चलचित्र बनेन ।

२. यहाँ के हम सिकन्दर
निर्देशक अहमद खानले निर्देशन गर्ने भनिएको चलचित्र ‘यहाँ के हम सिकन्दार’का लागि साहिद कपुर र जोन अब्राहम पक्का थिए । फुटबलको विषय यो चलचित्रको निर्माण गर्न लागिएको थियो । तर, पछि भारतमा फुटबलको क्रेज सकिएको भन्दै निर्देशकले चलचित्र बनाएनन् ।

३. एके एन्ड डीके
भावेश जोशी फ्लप भएपछि निर्देशक विक्रमादित्य मोटवानीले साहिद कपूरको साथमा ‘एके एन्ड डीके’ नामक चलचित्रमा काम गर्न लागेको बताएका थिए । जसमा अनुराग कश्यप खलनायकको भूमिकामा पक्कां थिए । तर, आन्तरिक कारणले अहिलेसम्म पनि चलचित्रको छायांकन सुरु भएको छैन ।

४. कहीं तो मिलेगी
साहिद कपुरले ‘इश्क विश्क’बाट बलिउडमा डेब्यु गरेका थिए । तर, यो चलचित्र भन्दा पहिला उनले ‘कहीं तो मिलेगी’ नामक चलचित्र साइन गरेका थिए । तर, उक्त चलचित्र कहिल्यै छायांकनमा गएन । यो चलचित्रलाई बाबी खानले निर्देशन गर्ने पक्का थियो ।

५. प्रिया दर्शनको कमेडी फिल्म
सन् २००४ मा सुनिल सेट्टीले साहिद कपूर र अजय देवगनलाई आफ्नो व्यानरबाट निर्माण हुन लागेको कमेडी चलचित्रका लागि साइन गराएका थिए । यो चलचित्रलाई प्रिया दर्शनले निर्देशन गर्ने पक्का थियो । तर, यो चलचित्र विविध कारणले गर्दा बनेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment