Comments Add Comment

‘ह्याट्रिक म्यान’ बोल्टसँग इंग्ल्यान्ड कति सतर्क ?

१८ असार, काठमाडौं । विश्वकप क्रिकेटको लिग चरणको आफ्नो अन्तिम खेलमा इंग्ल्यान्डविरुद्ध न्युजिल्यान्डले प्रतिस्पर्धा गर्दै गर्दा उसको साथमा जारी विश्वकपको ‘हृयाट्रिक म्यान’ ट्रेन्ट बोल्ट पनि टिमभमा हुनेछन् ।

तीव्र गतिका बलर बोल्ट न्युजिल्यान्डका मुख्य खेलाडी हुन् । उनी जुनसुकै बेला पनि नतिजा आफ्नो टिमको पक्षमा पार्न सक्ने खुबी राख्छन् ।जारी विश्वकप क्रिकेटमा दुई बलरले दुई वटा ह्याट्रिक विकेट लिएका छन् । भारतका मोहम्मद सामी र न्युजिल्यान्डका बोल्ट । बोल्टले अष्ट्रेलियाविरुद्धको खेलको अन्तिम ओभरमा ह्याट्रिक विकेट लिएका थिए ।

४९.१ र ४९.२ ओभरमा समान १-१ रन दिएका उनले त्यसपछिका तेस्रो, चौथो र पाँचौ बलमा विकेट लिदै ह्याट्रिक पूरा गरेका थिए । अष्ट्रेलियाविरुद्ध उनले चार विकेट लिएका थिए ।

जारी विश्वकपमा सात खेलबाट १३ विकेट लिएका उनी उच्च लयमा देखिएका छन् । उनी आज हुने इंग्ल्यान्डविरुद्धको खेलमा पनि राम्रो बलिङ गर्ने लक्ष्यमा छन् ।

यता, इंग्ल्यान्ड भने ट्रेन्ट बोल्टसँग सतर्क अपनाउन चाहन्छ । आफ्ना कुनै पनि ब्याट्सम्यान सुरुवातीमै बोल्टको सिकार हुनबाट जोगाउने टिम इंग्ल्यान्डको रणनीति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment