+
+
Shares

एउटा कर्मचारी सरुवा गराउन ३२ जना सांसद धाएका थिए : मन्त्री पण्डित

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १८ गते १५:०५

१८ असार, काठमाडौं । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी सरुवाका लागि सांसदहरु नै आफूकहाँ धाउने गरेको बताएका छन् ।

बुधबार संसदको राज्य व्यवस्था समितिमा संघीय निजामती विधेयकमाथिको छलफलमा उनले विगतमा एक जना नायब सुब्बा सरुवाका लागि ३२ जनासम्म सांसद आफूकहाँ आएको बताएका हुन् ।

विगतको अनुभव भन्दै पण्डितले समिति बैठकमा भने ‘अहिलेको त म भन्दिन अघिल्लो पटक मन्त्री हुँदा एउटा नायब सुब्बालाई सरुवा गर्न ३२ जना माननीयसम्म आउनुभएको थियो ।’

नेकपा सांसद जनार्दन शर्माले सोर्स फोर्स लगाएर कर्मचारी सरुवा गर्ने पद्धति हटाउन विधेकयमा नै व्यवस्था गर्नुपर्ने बताए । ‘सबैले सोर्स फोर्स लगाउयने सत्तापक्षले पनि लगायने प्रतिपक्षीले पनि लगाउने पूर्व मननीयले पनि लगाउयने यही हाम्रो कमजोरी छ, यसलाई सुधार गर्नुपर्छ’ उनले भने ।

सोर्स लगाउन कांग्रेसले सिकायो कि नेकपाले ?

मन्त्री पण्डितले एउटा नायब सुब्बालाई सरुवा गर्न ३२ जना माननीय आफुकहाँ आएको सुनाएपछि समितिमा केहीबेर ठट्टा जस्तो चल्यो ।

कांग्रेसकी सांसद मिना पाण्डेले भनिन्, ‘सुब्बा साहेबको सरुवाका लागि को को माननीय जानुहुँदो रहेछ, कांग्रेसबाट जाँदो रहेछ कि जाँदो रहेनछ, को को रहेछ ? म त गएको छैन अहिलेसम्म । हाम्रो पार्टी पनि गएको छैन भन्ने मलाई विश्वास छ ।’

लगत्तै नेकपाका सांसद रेखा शर्माले हाँस्दै भनिन्, ‘यो सिकाएकै कांग्रेसले हो दिदी …!’

कांग्रेसकी सांसद पाण्डेले तुरुन्तै प्रतिवाद गरिन्, ‘राम्रो कुरा सिक्नुहोस् । बदमासी कुरा हामी पनि सिक्दैनौं ।’

त्यसपछि बोलेका नेकपा सांसद जनार्दन शर्माले सोर्स फोर्स लगाएर कर्मचारी सरुवा गर्ने वा जागीर लगाइदिने प्रवृत्ति रहेको बताए । कर्मचारी सरुवाका लागि सत्तापक्ष, प्रतिपक्ष, पूर्व माननीय सबैबाट हुँदै आएको उल्लेख गर्दै उनले त्यसलाई रोक्न कानुनी प्रबन्ध गर्नुपर्नेमा जोड दिएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?