Comments Add Comment

कांग्रेस अध्यक्ष राहुल गान्धीले दिए राजीनामा

१८ असार, काठमाडौं । राहुल गान्धीले कांग्रेस अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनले लोकसभा चुनाव २०१९ मा पार्टीले व्यहोरेको हारको जिम्मेवारी आफूले लिने बताएका छन् ।

राहुलले राजीनामाको घोषणासँगै एक पत्र ट्वीट गरेका छन्, जसमा उनले अरुलाई जवाफदेही बनाउनु अघि आफू पहिले जवाफदेही बन्न जरुरी रहेको बताएका छन् । ‘भविश्यमा पार्टी विस्तारका लागि जवाफदेही महत्वपूर्ण छ । यही कारण मैले कांग्रेस अध्यक्षबाट राजीनामा दिएको छु’ उनले पत्रमा भनेका छन् ।

हेर्नुहोस् राजीनामा पत्र

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment