
१९ असार, काठमाडौं । नबिल बैंक तथा लायन्स-मल्टिपल डिस्ट्रिक बीच एक बिशेष समारोह बीच लायन्स सदस्यहरुलाई नबिल भिषा क्रेडिट कार्ड उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भयो ।
उक्त सम्झौतासँगै अब नेपालका लायन्स सदस्यले नबिल बैंकमार्फत सहजै क्रेडिट कार्ड लिन सकिनेछ भने हरेक कार्ड बापत लायन्स क्लबको सामाजिक कार्यमा नबिल बैंकको सहकार्य रहने जनाइएको छ ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै नबिल बैंकका नायब महाप्रबंधक बिनय कुमार रेग्मीले यस सहकार्यले लायन्स क्लब तथा सदस्य मात्र नभई सामाजिक कार्यमा समेत उलेख्य भूमिका रहनेमा बिश्वस्त रहेको जानकारी दिनुभयो र साथै लायन्स मल्टिपल डिस्टि्रककातर्फबाट चेयरपर्सन डीआर खनालले उक्त कार्यको सह्राना गर्दै नबिल बैंकलाई धन्यवाद दिनु हुदै यसको फाइदा लिनु हुन लायन्स सदस्यलाई आग्रह समेत गरे ।
सम्झौता समारोहमा लायन्स क्लब २०१८ र २०१९ का चारै डिस्टि्रकका गवर्नर सुनिल ओझा,सुदर्शन धर प्रधानाङ्ग, अशोक श्रेष्ठ साथै अनन्त भेट्वालको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया 4