+
+
Shares

भ्यागेलाई स्पेनबाट ६० हजार सहयोग 

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १९ गते १५:५५

बार्सिलोना। करेन्ट लागेर दुई हात र एउटा खुट्टाले काम गर्न नसक्ने अवस्थामा रहेका भ्यागे नेपालीलाई स्पेनमा रहेका नेपालीले सहयोग गरेका छन् । स्पेननिवासी समाजसेबी अक्कल बोहोराको पहलमा ६० हजार ४ सय १४ रुपैयाँ सहयोग गरिएको हो ।

भूकम्पपीडित, गरीब तथा आसाहय विद्यार्थी,मिर्गौला पीडितदेखि दीर्घरोगीसम्म,बाढीपीडितदेखि आगलागी पीडितसम्मलाई २२ लाख रुपैयाँ भन्दा बढी सहयोग गरिसकेका बोहोरालाई अनलाइनखबरमा प्रकाशित ‘एउटा हात काटियो, अर्को हात र खुट्टा काट्ने पैसा छैन’ शीर्षकको समाचार पढेपछि भावुक बनायो।

उनले भने, ‘आजभोलि विदेशबाट रकम पठाउन धेरै गाह्रो छ। भ्यागे त एक प्रतिनिधि पात्रमात्र हुन् तर उनको कारुणिक कथा अनलाईनखबरमा पढेपछि आँफैले २ सय १ युरो राखेर स्पेनको कोस्टाब्लंकामा बस्ने नेपाली दाजुभाइमार्फत सहयोग जुटाएको हुँ।’

मुगुका भ्यागे नेपाली कीर्तिपुस्थित बर्न अस्पतालमा उपचाररत छन् । गत २८ जेठमा बाटोमा छोडिएको नांगो तारबाट करेन्ट लागेका भ्यागेको एउटा हात काटिइसकेको छ भने अर्को हात र दाहिने खुट्टा पनि काट्नुपर्ने अस्पतालले बताएको छ । भ्यागेसँग उपचार गर्ने रकम नभएपछि प्रबासबाट पनि सहयोग पुग्नेक्रम जारी रहेको छ।

यस्तै घटना अन्य देशमा हुन्थ्यो भने देश हल्लिने थियो’

बेलायत निवासी लेखक तथा टिप्पणीकार नारायण गाउँले फेसबुकमा लेख्छन् ,’यो समाचार पढ़ेदेखि स्तब्ध छु । एउटा व्यक्तिमाथि यसभन्दा ठूलो बज्र के पर्न सक्छ र ? बिजुलीको नाङ्गो तार त्यसरी बाटोमा लापरबाह छोडिएर भएको यो हृदयविदारक घटना अन्य कुनै देशमा हुन्थ्यो भने देश हल्लिने थियो । क्षतिपूर्ति र उपचार त सामान्य भयो । तर, नेपाल हो । न कसैले गल्ती स्वीकार गर्यो, न भेट्न गयो, न उपचारकै व्यवस्था गर्यो ! कस्तो संवेदनाहीन र गैरजबाफदेही राज्य छ हाम्रो !’

भ्यागेका सहयोगी मन नेपालीलाई आँफूले सम्पर्क गरेर सहयोग गरेको बताएका गाउँलेले फेसबुकमार्फत अन्यलाई सहयोगको आह्ववानसमेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?