Comments Add Comment

बंगलादेशले पहिले ब्याटिङ गरे पाकिस्तान आउट !

१९ असार, काठमाडौं । विश्वकप क्रिकेटमा पछिल्ल्लो तीन खेल जितेपछि पाकिस्तानले सेमिफाइनलको सपना देख्न थालेको थियो । त्यसमाथि १९९२ मा विश्वकप जित्दाको जस्तै नजिता आएकाले पनि समर्थकहरु आशावादी देखिएका थिए ।

तर भारत र न्यूजिल्याण्डलाई हराउँदै इंग्ल्याण्डले पाकिस्तानको सपनामा चिसो पानी खन्यायो ।

यद्यपि अझै पाकिस्तानको सेमिफाइनल प्रवेश गर्ने सम्भावना अन्त्य भइसकेको छैन । तर यो लक्ष्य सहज पनि छैन । एक प्रकारले चमत्कार नै गर्नुपर्छ ।

विश्वकपको सेमिफाइनलमा अब एक सिट मात्र खाली छ । यो सिटका लागि न्यूजिल्याण्ड र पाकिस्तान दौडमा छन् ।

न्यूजिल्याण्डको ९ खेलबाट ११ अंक छ भने एक खेल कम खेलेको पाकिस्तानको ९ अंक छ । पाकिस्तानले भोलि बंगलादेशसँग खेल्न बाँकी छ ।

कुन अवस्थामा पाकिस्तान न्यूजिल्याण्डलाई पछि पार्टै सेमिफाइनलमा पुग्छ त ?

बंगलादेशमाथि सामान्य जित हात पारेर पाकिस्तान अन्तिम चारमा पुग्न सक्दैन । किनकी न्यूजिल्याण्डको नेट रन रेट ०.१७५ छ भने पाकिस्तानको माइनस ०.७९२ छ ।

अब न्यूजिल्याण्डलाई नेट रन रेटमा पछि पार्न पाकिस्तानले बंगलादेशमाथि चमत्कारिक जित हात पार्नुपर्छ ।

त्यसको पहिलो सर्त हो, टस जित्नू । किनकी यदि बंगलादेशले टस जित्यो र ब्याटिङ रोज्यो भने पाकिस्तान स्वतः बाहिरिनेछ । किनकी जति विकेटको जित हात पारे पनि सेमिफाइनल प्रवेशका लागि आवश्यक नेट रनरेट भेट्टाउन सम्भव छैन ।

यदि पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गरेको अवस्थामा पनि ऐतिहासिक जित चाहिन्छ । यदि पाकिस्तानले ४०० रनको लक्ष्य दियो भने बंगलादेशलाई ८४ रनमा आउट गर्नुपर्छ ।

अन्यथा विश्वकपको सेमिफाइनल असम्भव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment