+
+
Shares

धादिङमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु, ३ घाइते 

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १९ गते १७:१२

१९ असार, काठमाडौं । धादिङको ज्वालामुखी गाउँपालिका-६ काउलेडाँडामा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।

धादिङबेशीबाट ढकाल गाउँतर्फ जाँदै गरेको ट्रक बिहीबार दिउँसो कच्ची सडकखण्डमा दुर्घटना हुँदा सोही ठाउँका ३६ वर्षीय कृष्ण रम्तेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

घाइते हुनेहरुमा ज्वालामुखी गाउँपालिका-६ कै २२ वर्षीया बिनु सुनार, उनकी २ वर्षीया छोरी कपिज सुनार र २५ वर्षीय दिवाकर ढकाल रहेका छन् ।

बिनुको दुबै खुट्टामा चोट लागेको छ उनीकी छोरी भने सामान्य छन् । ढकालको दुबै खुट्टा र दाहिने हातमा चोट लागेको छ । उनीहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइहेको प्रहरीले जनाएको छ ।

ट्रक उकालो कच्ची सडक चढ्ने क्रममा ब्रेक फेल भइ सडकको भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?