+
+
Shares

४७ स्थानमा जनप्रतिनिधि रिक्त, आन्तरिक तयारीमा छौं : निर्वाचन आयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १९ गते १७:४३

१९ असार, काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४७ स्थानमा जनप्रतिनिधि रिक्त रहेको जानकारी आएको भन्दै उपनिर्वाचनको आन्तरिक तयारी गरिरहेको बताएको छ ।

प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहको गाउँपालिका अध्यक्ष/उपाध्यक्ष नगरपालिकाको प्रमुख र वडाअध्यक्ष गरी ४७ पद रिक्त रहेको जानकारी आएको आयोगले बताएको छ ।

प्रतिनिधिसभामा १, प्रदेशसभामा ३, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गरी ४, नगरपालिका प्रमुख १ र वडाध्यक्ष ३८ गरी ४७ पद रिक्त भएको आयोगको भनाइ छ । ‘नेपाल सरकारको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रममा यसै आर्थिक वर्षमा उपनिर्वाचनका कामहरू सम्पन्न गरिनेछ भनी उल्लेख भएको छ’ आयोगका प्रवक्ता शंकरप्रसाद खरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘प्रचलित कानून बमोजिम उपनिर्वाचन गर्न आयोगले आवश्यक आन्तरिक तयारीको कार्य गरिरहेको छ ।’

आयोगले ७७ वटै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा तोकिएका ईलाका प्रशासन कार्यालयमा मतदाता दर्तालाई निरन्तरता दिएको भन्दै योग्य नागरिकलाई नाम दर्ता गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?