+
+
Shares

वेष्ट इन्डिजद्वारा अफगानिस्तानलाई ३१२ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १९ गते १९:०९

१९ असार, काठमाडौं । विश्वकप क्रिकेटमा वेष्ट इन्डिजले अफगानिस्तानलाई ३१२ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धातिर ५० ओभरमा ६ विकेटको क्षतिमा ३११ रन बनाएको हो । वेष्ट इन्डिजका लागि तीन जना खेलाडीले अर्धशतक बनाए ।

वेष्ट इन्डिजका लागि साई होपले ७७ रन बनाए । त्यस्तै, इभिन लेविस र निकोलस पुरनले समान ५८-५८ रन बनाउँदा कप्तान ज्यासन होल्डरले ४५ र सिमरन हिटम्यारले ३९ रन बनाएका थिए ।

खराब सुरुवात गरेको वेष्ट इन्डिजले पहिलो विकेट २१ रन हुँदा क्रिस गेललाई गुमाएको थियो । त्यसपछि सम्हालिएर खेल्दै वेष्ट इन्डिजले ठूलो स्कोर बनाएको हो ।
बलिङतर्फ दवालत जाड्रानले दुई विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?