Comments Add Comment

विश्वकपबाट मार्स बाहिरिँदा म्याक्स्वेल पनि घाइते

२० असार, काठमाडौं । अष्ट्रेलियाका मिडिल अर्डर ब्याट्सम्यान साउन मार्स विश्वकपबाट बाहिरिएका छन् ।

बिहीबार अभ्यासको दौरानमा मार्सले नेट अभ्यास गर्दै गर्दा घाइते भएका थिए । घाइते भएका उनीलाई हस्पिटलमा उपचारको लागि लगिएको थियो । तर उनी विश्वकपका लागि बाँकी खेल खेल्न नसक्ने भएपछि विश्वकप बाहिर राखिएको हो ।

उनको स्थानमा भने विकेटकिपर ब्याट्सम्यान पिटर ह्यान्ड्सकोम्बलाई टिममा बोलाइएको छ । यता, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पनि पिटरलाई स्वीकृत दिइसकेको छ ।

मुख्य प्रशिक्षक जस्टिन लेंगरले मार्स आउट भएपछि भनेका छन्, ‘यो हाम्रो लागि एकदमै दुःखद् कुरा हो । हामीले उनको स्थानमा पिटर ह्यान्ड्सकोम्बलाई टिममा बोलाएका छौं ।’

अभ्यासकै दौरानमा अष्ट्रेलियाका भरपर्दा अलराउण्डर ग्लेन म्याक्स्वेल पनि घाइते भएका छन् । तर उनलाई साधारण चोट मात्रै लागेका कारण दक्षिण अफ्रिकाविरुद्धको खेलअघि नै ठीक हुने मुख्य प्रशिक्षक लेंगरको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment